अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३५
| Colorodo: 00:50
बाल कृष्ण भट्ट- न्यूर्योक, १ सेप्टेम्बर
हरेक हप्ता काठमाडौंमा रिलिज गरिएका फिल्महरुको शनिबार र आईतवार गरि ४ वटा शो न्यूयोकमा प्रर्दशन गरिने भएको छ । न्यूर्योकमा छरीएर रहेका नेपाली तथा भुटानी जनसमुदाय र नेपाली भाषिहरुलाई लक्षीत गरेर नेपाली फिल्मको न्यूर्योकमा ब्यवसायीक प्रदर्शनी गरिन लागेको हो ।
एनआरएनमा समेत सक्रिय सदस्य आयोजक तथा संञ्चालक एवं सफल ब्यवसायी पवन योन्जन र अन्य युवा साथीहरुको पहलमा उहाँले उक्त प्रदर्शन गर्न लाग्नुभएको हो । ६५० जना दर्शक क्षमता रहेको हलमा गरिने उक्त ब्यवसायिक प्रदशनीमा नेपाली चलचित्र हेर्न दर्शकहरुलाई २० डलरको टिकट कायम गरिएको छ ।
पहिले पहिले आफूहरुले प्रदर्शन गरेको चलचित्र र त्यसबाट प्राप्त अनुभवहरुले नै आफूहरुलाई ब्यवसायिक प्रदर्शनको आँट आएको योन्जनले हामीलाई जानकारी गराउनुभयो ।