कलस यात्रा महिलाहरुको लागि ऐतिहासिक कार्यक्रम भएकोले यस भेकमा बस्ने सवै उमेरका नेपाली महिलाहरुलाई आफ्नो नाम दर्ता गराउन आब्हान गरिएको छ l सहभागिता निशुल्क गर्न सकिने छ भने आ-आफ्ना जात जातिका भेषभुषा तथा आफुलाई सरल हुने वस्त्र लगाएर उक्त स्थानमा बिहान १० बजे उपस्थिति को लागि कार्कीले सबैलाई अनुरोध गरेकी छिन् l
कलस यात्रामा सहभागी हुने महिलाले सप्ताह समाप्त भए पछि न्युनतम रकम $ ५१ डलर तिरे पछि उक्त कलस घर लान पाइने छ l कलस आयोजक समितिले नै उपलब्ध गराउने छ l कलशहरु भागवत सप्ताह महायज्ञको बिधि बाट सात दिन सम्म पुजिने छन् l बृहत आध्यात्मिक महोत्सब सम्पन्न भए पछि उक्त कलस आफुले घरमा पूजा गर्ने कोठामा लगेर राख्न सकिने कार्कीले बताइन l
दर्ता आफुले गरे पछि आफ्ना परिवार तथा चिने जानेका सवैलाई गर्न आग्रह गर्दै कार्कीले कुनै पनि बिशेष जानकारी लिन चाहेमा आफु संग सम्पर्क गर्न सक्ने यसै माध्यम बाट सूचना दिएकी छिन् l
उक्त बहु-धार्मिक, बहु-सांस्कृतिक आध्यात्मिक महोत्सबमा भागवत सप्ताहको सांगीतिक वाचन तथा आध्यात्मिक कार्यक्रम प्रस्तुतिका लागि अन्तर्रराष्ट्रिय रुपमा ख्याति कमाएका लोकप्रीय युवा पण्डित, वाचनप्रवीण श्री दीनबन्धु पोख्रेलद्वारा जनसाधरणले बुझ्ने शैलीमा श्रीमद्भागवत कथा वाचन गर्ने छन् l
बोस्टन स्थित श्री पशुतिपतिनाथको मन्दिर र भगवान बुद्धको स्तुप सहितको सामुदायिक भवन स्थापना गर्ने उद्देश्य सहित सन् २०१२ मा स्थापित पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्युइंगल्यान्डको सहयोगार्थ साता ब्यापी कार्यक्रम श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ तथा बृहत आध्यात्मिक महोत्सबको आयोजना गरिएको हो l
बोस्टन सप्ताह २०१७ आयोजनाका लागि १००१ सदस्यीय समारोह आयोजक मूल समिति गठन गरिएको छ l सप्ताहमा अन्य आकर्षणहरुमा भागवत पुराण तथा कथा वाचन ,वबौद्ध तथा किराँत धर्म शिक्षा ,कलश यात्रा तथा झाँकी प्रदर्शन,लामा पाठ ,रुद्री तथा चण्डी पाठ,ब्रज्रयान गुरूजू पूजा ,गुन्यूचोलो ,सामुहिक ब्रतबन्ध ,ब्रत समापन ,लाखबत्ति ,तुला दान,दश दान ,मूर्ति प्राण प्रतिष्ठा तथा अखण्ड ध्यान (रिले मेडिटेशन) रहने छन् l