अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२८
| Colorodo: 13:43
एनआरएन अमेरिकाको विशेष कन्फ्रेन्स कल वैठक सम्पन्न भएको छ । आज बसेको आकस्मिक बैठकले सर्वसम्मत निर्णय गर्दै गैर आवाशीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिकाको कन्फरेन्स कल बैठक महत्वपूर्ण निर्णय सहित सम्पन्न भएको हो ।
एनआरएन अमेरिकाको विशेष कन्फ्रेन्स कल वैठकले शनिवार संघका अध्यक्ष डा. केशव पौडेलको अध्यक्षतामा बसेको बैठकले आसन्न एन आर एन अमेरिकाको निर्वाचनमा पहिलो उम्मेद्वारी तालिकामा उम्मेद्वारी छुट हुन गएको बिषयमा व्यापक छलफल गरेको थियो। उक्त वैठकमा २०१७- २०१९ को लागि उम्मेद्वार हुन आवेदन दिएका सदस्यहरूको निर्वाचनमा उम्मेद्वारी हुने हकलाई प्रत्याभूत गर्न एन आर एन एन सी सी अमेरिकाको सम्मानित स्वतन्त्र निर्वाचन समितिलाई बिधान अनुकूल समीक्षा गरीदिन निर्वाचन समितिलाई अनुरोध गर्ने निर्णय निर्णय गरेको छ ।