अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४२
| Colorodo: 17:57
पशुपति क्षेत्र विकास कोषले दुई बर्षअघि सञ्चालनमा ल्याएको इलेक्ट्रोनिक शवदाह गृह बन्द भएको छ । मेसीनमा खराबी आएपछि दुवै शवदाह गृह बन्द भएका हुन् ।
शवदाह बन्द भएको बहानामा पशुपति क्षेत्र विकास कोषले ९ जनाको टोलीलाई घुम्न भारतको कोलकता पठाएको छ । कोषले कोलकतास्थित इन्टोमेन कम्पनीसँग खरिद गरेको मेसीनको तीन बर्ष ग्यारेन्टी रहेको छ ।
कम्पनीले मर्मत सम्भार गर्नुपर्ने सम्झौता गरेपछि कोषका उपनिर्देशक राजेन्द्रधर उपाध्यायको टोलीमा १० सदस्य त्यसतर्फ प्रस्थान गरेका छन् ।आजको नेपाल समाचारपत्रमा खबर छ ।