पैसा भनेको यस्तो चिज हो जुन हरेक कामका लागि महत्त्व पूर्ण हुन्छ । तर पैसाले मान्छेको ईज्यत,प्रतिष्ठा, बुद्धि,विवेक इमानदारिता र मानवतालाई छ्याप्पै छोपेर अन्धो बनाइ दिन्छ । भनिन्छ “पैसा देखे पछि महादेवको तीन नेत्र ।” यो हाम्रो नेपाली प्रचलित उखान टुक्का हो । परम्परा देखी हेर्ने हो भने समाजमा दुई किसिमका व्यक्त्तित्वहरु अगाडि आएको देखिन्छ । एउटा पैसाको आडमा जस्तै आफ्नै पार्टीका केही नेताहरूका साथै महत्त्वपूर्ण मिडियाहरूले विरोध गर्दा गर्दै पनि डोनालट्रमले वर्षौ राजनीतिमा लागेकी विल किल्टनकी धर्म पत्नी हिलारी ल्किन्टनलाई हराएरै छाडे । अर्को कुरा थोरै मात्रामा बुद्धिमान, पढे लेखेको व्यक्त्तिले तर्कका कारणले राजनीतिमा आएको देखिन्छ । त्यस्तो सङ्ख्या अत्यन्त न्यून छ । मानिस राजनीतिमा केही हद सम्म सफल हुने कारण त अरू पनि छन् । जस्तै प्रतिवध्दता, निष्ठा,त्याग, निरन्तरता,पंरपरागत नेताकै सन्तान नेता हुनु जस्तै नेपालमा पनि केही त्यस्ता परिवारहरू छन् र भारतमा गांधी परिवार भनेपछि सर्वसाधारण मानिसले पनि हेर्ने अर्कै दृष्टिकोण हुन्छ पनि । तर एनआरएन भित्र त्यसो नहोस भन्ने आम एनआरएन प्रेमी तथा सजग वर्गको सोचाई हो ।
पैसाको कारणले मनमा दुर्योधनको बिचारमा परिवर्तन आए पछि महाभारतको पवित्र ग्रन्धवाट पं गौरिशंकरले सभा पर्वको दुर्योधन मान-भंगवाट लीइएका यी शिलकहरु –
वैशम्पायनले भने नरपते, सानन्द केही दिन ।
हेर्छु दिव्य सभा भनी कन गए, फेरी ती दुर्योधन ।।
पानीको भ्रमले अनेक स्थलमा, लुगा उचाल्थे तिनी ।
पानीमा सहसा गइकन लडे, त्यो भूमि नै हो भनी ।।
तिनको दुर्गति देखि भीम वीरले, हाँसी दिए बेसरी ।
त्यसको शब्द सुनी भए जति सबै, हाँस्ता भए सुन्दरी ।।
अन्धाका सुत अन्ध नै हुन गए, झैँ ठान्दछु यो घरी ।
भन्दै खिल्ली उडाइ द्रौपदी पनि, हाँस्ती भइन बेसरी ।।
रोके धर्म- कुमारले अघिसरी, यस्तो नगर्नु भनी ।
श्री दुर्योधन फर्किए मनमनै,अत्यन्त लज्जित बनी ।।
आएको घरमा फिरेर जब ती, विक्षिप्त जस्ता भई ।
तिनको दुर्गति देखि ती सकुनिले, सोधे नगिचै गई ।।
चिन्ता पर्न गयो वृथा हजुरमा, के हेतुले यो घरी ।
मामालाई भने सुयोधनजीले, विस्तार बिन्ती गरी ।।
देखी वैभव कीर्ति धर्म-सुतको आतिन्छ मेरो मन ।
मार्दा त्यो शिशुपाललाई अरू क्बै बोले ? तिमी नै भन ।।
हेर्नु उन्नति शत्रुको कसरि लौ, मैले घरैमा बसी ।
यो भन्दा मत ठान्छु उत्तम बरु, जानू खरानी घसी ।।
यसरी सिङ्गो महाभारतको लडाँई नै पाण्डवको धन दौलत र दरबार भित्रकै मायावी भवन जस्लाई दुर्योधन जस्तो मान सम्मान धेरै पाएका हस्तिनापुरका राजाले पानी भनी टेक्दा सुक्का ठाउँ र पानी छैन, सुक्का ठाउँ छ,भनी टेक्दा पानीमा परि लडेको घटनाले आँफुलाई लज्जित बनाएको र दौपदि हाँस्नाको कारण नासिने कथा वस्तु हो ।
जसरी महाभारतमा एेश,आराम र वैभवका कारण कुरुक्षेत्र बन्यो,त्यसरी हाम्रा एनआरएनका अभियन्ताहरुले धन कै अभियानका कारण हामी जस्ता सामान्य गुजारा गरी खाने तर समाजमा सिधा-साधा इमान्दारहरूको ईमानदारीता,अमूल्य र मान्यतालाई धज्जी उँडाउने काम नहोस् भन्ने सर्वसाधारणको गुनासो हो । पैसाकै बलका कारण समाजमा आँफू प्रतिष्ठित भएको दुर्योधनरूपी अहङ्कार समाजबाट विस्थापित हुँदै मानवका मूल्य,मान्यताका साथ सर्वसाधारण वर्गको मनोकामना पुरा हुनुपर्छ भन्ने अर्कों अहम सोच हो । हाम्रै पुराण र समाज भित्रका दुर्योधन, सकुनी कर्ण भीम र दौपदी रुपी बल रूप पैसा तथा पद र पावरको जालले आफूलाई छ्याप्पै छोप्ने कारण नवनोस भन्ने आमा सर्व साधारणको बिन्ती तथा इच्छा र चाहना पनि हो ।
२००३ सालमा सुरु भएको गैर आवासीय नेपाली अभियान अहिले ७५ देशहरूमा फैलिएको छ । सबै भन्दा ठुलो कुरो संस्थागत पारदर्शिता हो । संस्था जति-जति ठुलो र वृहत् बन्दै जान्छ, त्यति नै संस्थालाई पारदर्शी बनाउँदै लान सक्यौ भने मात्र त्यो संस्थाले सबैको विश्वास जित्दै सम्पूर्ण नेपालीहरूको आकर्षणको केन्द्र बन्दै सबैको ढुक ढुकी बनाउँदै मन मस्तिष्कमा सजाउन सकिन्छ ।
सबैले विचार गर्नु पर्ने कुरा के भने ? एन आरएनलाई एकलौटी नेतृत्वले कमजोर बनाउन सक्छ, फुट र बेमेलको बिजारोपण हुन सक्छ । अर्को कुरा एनआरएनलाई भोटको पोकारुपी अवधारणाले पैसा पावर र दलबलको दब दबाले समाजको सत्य कर्तव्य र परम्परागत मणी भएको धर्म रुपी समाजको जरा हल्लाइ दिन्छ । पैसामा यति शक्ति हुन्छ कि ! पैसाले कति पय मानवलाई मानवताको अर्थ सम्म पुग्नै दिंदैन । त्यति मात्र कहाँ हो र ? पैसाले अनुशासित व्यक्त्तिहरुको कर्तव्य र उनीहरूको समाज प्रतिको असीम लगानलाई कुल्चेर सभ्य सामजको सँग्लो पोखरीलाई धमिलो बनाइ दिन्छ । पैसाको अहमताले मानवताई नष्ट पारी मानवता भित्रको तत्ववोधलाई क्षत बिक्षत बनाइ दिन्छ । त्यसैले मैले एनआरएनमा बुद्धत्वको आवश्यता भनी त्यतिकै लेखेको हैन । त्यसै मैले एनआरएनलाई जुवा रुपी छली र कपटी राजनीतिबाट कसरी जोगाउने भन्ने मेरो धारणा राखेको होइन । त्यसै गरी मैले हाम्रो दोस्रो पुस्ताको बारेमा चिन्ता व्यक्त गरेर लेखेको होइन । हामीले चुनावमा हार्नु र जित्नु भन्ने कुरा गौढ हो । अबको एनआरएन अमेरिकालाई कुनवाटोमा लाने भनी चिन्तन मनन र विश्लेषण गर्नु ठुलो कुरा हो जस्तो मलाई लाग्छ । हामीले एनआरएनमा उठ्दै गर्दा फ़ोटो माथि फ़ोटो धकेलेर जित्न भन्दा पनि एउटाले विचारको विश्लेषण गरेर आफ्नो विचार दिने हो जस्तो लाग्छ । बाँकी विचार विमर्शको हो ।
धर्म र कर्तव्यमा अडिक धर्म गत वुद्धत्व प्राप्त सभ्य र सकारात्मक समाज बनाउन राम्रा र एनआरएन प्रति सकारात्मक धारणा राख्ने नैतिकवान व्यक्तित्वलाई अगाडि वढाऔ । हाम्रो भन्दा पनि राम्रो र एनआरएनलाई बुझेको व्यक्तिलाई अगाडि वढाउदा एनआरएनको भविष्यसँगै हाम्रो अर्कों पुस्तालाई पनि आकर्षण गर्न सकिन्छ । त्यसैले सकारात्मक समाजको निर्माण गर्न राम्रा मान्छेलाई अगाडि बढाअौ हाम्रालाई भन्दा पनि हजुरहरुलाई कस्तो लाग्यो ? जदौ पाठक । जदौ एनाअरएन ।। जदौ नेपाली समाज ।।