हामी मातृभूमि छोडेर विदेश उँडदा-उँडदै एनआरएन भएका हुन्छौ । पहिला पहिला लाहुरमा काम गर्न जानेहरूलाई लाहुरे भन्ने चलन थियो । पछि सम्म नेपाल छोडी जहा गए पनि लाहुरे नै भन्ने चलन चलीरह्यो । अहिले त्यही लाहुरेबाट बदलिएर हामी सबै विदेशमा बस्ने नेपाली एनआरएन भएका छौ । हामीले भुगोलको देश छोडेर बिदेशिए पनि भावनाको सिङ्गो देश छातीमा टाँसेर एनआरएनले एउटै माला उनी संयुक्त बिचरको लगानीको साथै संयुक्त धन र बलको लगानी गर्ने एउटा वातावरण सृजना गर्न लागेको छ । यस्तो एनआरएनलाई जुवा जस्तो छली र कपटी राजनीतिबाट कसरी बचाउन सकिन्छ भन्ने कुरा तपाईँ हाम्रो माँझ प्रश्न बनेर तेर्सिएको छ ।
राजनीति भन्नाले जनताको शान्तिसुरक्षा कायम गर्ने, मौलिक अधिकारको कदर गर्ने, राज्यको शासन व्यवस्थाको प्रणाली निर्धारण गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय नीतिको उपयुक्त्त सन्तुलन गर्ने र यस्तै अन्य राम्रो काम गर्न धर्म र कर्तव्यमा अडिक भई गर्ने नीति हो । यस्तो नीति कुन मानव समुदायलाई चाहिदैन र ? त्यस्तै राज्यको शासन व्यवसाय सम्बन्धी नीति, राज्यमा सुशासनको प्रणालीको सुध्द आचार तथा राज्य र प्रशासन सँग सम्बन्धित एक सामाजिक सिध्दान हो । यो सिध्दान्तलाई तन मन र वचनले ह्रदयमा देश र समाजको माया बोकी बिना स्वार्थ तथा अनवरत रूपमा आफ्नो व्यक्त्तिगत लाभ र पारिवारिक स्वार्थ भन्दा माथि उठेर लाग्ने मान्छे मात्रै नेता हुन्छ । नेता भनेको महान् मान्छे हो जस भित्र लोभ, पाप, ईर्ष्या, दानवी पन त पटक्कै हुँदैन ।
राजनीतिक दल भन्नाले राजनीतिक यिनै माथिका उध्देश्यको परिपूर्तिका निम्ति तयार गरिएको पार्टी वा सङगठन राजनीतिक सङ्घ हो । जुन आँफैमा खराब हुँदैन । आफैमा कुनै पनि पार्टीका दस्ताबेजमा कोरिएका नीतिहरू कसैका पनि नराम्रा हुँदैनन् तर त्यहाँ कस्ता मान्छेले के उध्देश्यका लागि त्यो सङ्घ अर्थात् संघठन खोले त… ? ….माथिको प्रश्न राजनीतिको महत्त्व पूर्ण कुरा हुन्छ,अर्थात् यसैले राजनीतिलाई शुद्ध तथा जुवा जस्तै छली र कपटीको तराजुमा उभ्याउँछ । तर यहाँ राजनीतिज्ञ भन्नाले यिनै राजनीतिक सम्पूर्ण मर्महरुलाई हृदयको धर्मले मनन गर्ने राजनीतिक शास्त्रको ज्ञाता अर्थात् राजनीति बुझेको र समाज तथा देशलाई अगाडि बढाउने सकारात्मक तथा कूटनीति जानेको भनिन्छ । त्यस्तो मान्छे हाम्रो समाजमा आवश्यकता छ र सधैँ भइरहन्छ पनि । तर राजनीतिलाई धमिलो बनाएर जुवा जस्तै छली र कपटी बनाउने व्यक्ति हाम्रो समाजमा उभ्याउनै हुँदैन ।
समाजमा जब राम्रा मान्छेको प्रवेश हुन्छ समाजको स्वरूप पनि राम्रो र सत्यवादी बन्दै जान्छ । त्यति बेला सकुनी र दुर्योधन रुपी समाजका अर्का अंगहरुले जुवा जस्तो छली र कपटी जाल फिजाउन थाल्छन । आज नेपालीहरूको सबै भन्दा ठुलो र राम्रो एनआरएनए जस्तो संसारमा रहेका नेपाली डायस्पोरालाई एउटै सूत्रमा गाँस्नका लागि खोलिएको संस्थालाई जुवा जस्तै छली र कपटी बनाउने प्रयासमा लाग्न सक्छन् । त्यसलाई जोगाउन यो र उ नभनी कन हाम्रा र मेरा नभनी कन राम्रा मान्छेको प्रवेश गराउनु अत्यन्त आवश्यक छ । त्यसका लागी चाहे गुट र उपगुटै किन तोड्न नपरोस् हामी तैयार हुन सक्नु पर्छ ।
आज हामीले सुन्दै आएका नकारात्मक धेरै कुराहरूले हाम्रो मन हल्लिन सक्छ । तिनै नकारात्मक कुरालाई चिर्नका लागि नेपाली डायस्पोराले नेपाली समाजको स्वर्ण भविष्यको बाटो कोर्न सक्छ । हामीले देश छोडेर सात समुन्द्र पारी आँउदा पनि हाम्रा नेपाली समाज भित्रका राम्रा र नराम्रा बिचराहरुलाई किन चटक्कै छोडन सकेका छैनौ भन्ने पनि धेरै तर्कहरू नआएका होइन । देश भन्नाले कुनै पनि देशको जनता हो । माटो त निर्जिव हुन्छ । सजीव भनेकै जनता हो जुन माटोले हाम्रो शरीर भित्र प्रवेश गरेर रगत, हाड, छला, मासु र त्यहाँ भित्र दगुर्ने अनगिन्ती बिचराहरु सबै नेपाल हो । त्यसैले हामी विश्वको जुन सुकै कुनामा जाँदा पनि पहिला त हामीलाई सबैले नेपाली नै भन्छन् र नेपाली नै भनेर चिनिन्छ पनि ।हाम्रो उपस्थितिलाई नै विदेशीले नेपालको झझल्को तथा तिर्सना मेटने गरी हाम्रा हात खुट्टा, आँखा र शरीर नियाल्छन् । लाग्छ उनीहरूले नेपाल नियाली रहेका छन् । अनि नेपालको कल्पना गर्छन् । त्यसैले हामीले चाहेर पनि हाम्रो देशको भाषा, राजनीति, जात पात, उच निच, त्यही संस्कार त्यही बिचार, छली र कपटी जुवा जस्तो राजनीति छोडन नसकेको होला ।
हामीले राम्रो पद्धतिको निर्माण गर्ने हो तर जानेर-नजानेर विध्वंस भने कहिल्यै गर्न हुँदैन । कुनै सङ्घ संस्थामा मानिसको आचरण, रुचि, इच्छा शक्त्ति, कार्य शैली प्रवृति र व्यवहारले सकारात्मक भूमिका खेल्यो भने समाज बन्न धेरै समय लाग्दैन । समाज भित्र नेतृत्व गर्ने व्यक्तिको चरित्रलाई संस्थाका सदस्यहरूले पछयाउँदै आचरण,कार्य र शैलीलाई अझ शशक्त्त बनाउँदै लाने प्रण गरे भने धेरै चाँडो कुनै पनि सङ्घ संस्था र समाजले फडको मार्न सक्छ । त्यसको वावजुद संस्था भित्र एउटा मात्रै खराब मान्छेले प्रवेश गर्यो भने सबै कुरा भताभुङ्ग हुन सक्छ ।
एनआरएनए सम्पूर्ण नेपालीहरूको साझा संस्था भन्दा अत्युक्त्ती नहोला । यसले छोटो समयमै देश भित्र र बाहिरका नेपालीहरूको मन जिती बिधिवत रूपमा नेपाल सरकार अन्तर्गत दर्ता भई मान्यता प्राप्त गरी सकेको छ । एनआरएनएले विश्वमा छरिएर रहेका नेपालीहरूको मन जिते पनि अझै यसको सदस्यता सङ्ख्या हेर्दा यसले सम्पूर्ण नेपालीलाई समेटन बाँकी नै छ । तथापि एनआरएनएले आँफ्ना कतिपय ढाँचाहरुलाई भने वृहतर बनाउदै लानु पर्ने जरुरी छ ।
त्यसैले हामी सबै मिलेर एनआरएनएलाई जुवा जस्तो छली र कपटी राजनीतिबाट कसरी जोगाउने भन्ने बारेमा एनआरएनएका अभियंताहरुले बुझुनु पर्ने बेला आएको छ । हामी पनि यो अभियानमा लगातर लागि रहनु पर्छ । मेरो एनआरएनए अमेरिकामा क्षेत्रीय उपाध्यक्षको उमेदवारी पनि एनआरएनए अमेरिकालाई इमानदारीका यो दुई वर्षमा जुवा जस्तै छली र कपटी राजनीति वनाउनेहरूसगँ जुध्नु हो ।
** लेखक एन आर एन अमेरिकाका उपाध्यक्षका उमेम्द्वार हुन ।