अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४३ | Colorodo: 09:58

अमेरिकामा नौलो ढङ्गबाट एक साथ धेरै कार्यक्रम सम्पन्न गरियो

बिआरटीनेपाल २०७४ जेठ ७ गते १८:०७ मा प्रकाशित

सबैलाई अचम्मित पार्दै अमेरिकामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वासिङ्टन डिसी मेट्रो कमिटी र अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाको संयुक्त आयोजनामा मे २०, २०१७ शनिवारका दिन एक साथ धेरै कार्यक्रम सम्पन्न गरियो त्यो पनि नौलो ढङ्गबाट । 

अमेरिकामा पहिलो पटक कुनै ठुलो पद वा नाम नहेरी ससम्मान २० जना बुढाबुढी हजुर बा हजुर आमा, बा आमालाई संयुक्त रूपमा प्रमुख अतिथिको आशन ग्रहण गराएर मात्र अध्यक्ष रामप्रसाद खनालले आफ्नो
अध्यक्षता ग्रहण गरे कार्यक्रममा ।

नाच, गान, कविता, गीत, हास्यब्यँग, खेलकुद सबै खुराक र बनभोजको खुराक समेत मिस्रित उक्त कार्यक्रम बुद्ध जयन्ती, सिद्धिचरण जयन्ती, नेपाली नयाँ वर्षका उपलक्ष्यमा आयोजित ग्रीष्मकालीन विशेष सांस्कृतिक तथा साहित्यिक कार्यक्रम नाम दिइएको थियो । कोही भलिबल खेल्दै थिए त कोही फुटबल, कोही टेनिस त कोही दौडमा मस्त । मनासस भर्जिनियाको स्प्ल्यास डाउन वाटर पार्कमा आयोजित यो कार्यक्रमले फरक आनन्दको अनुभूति दिइरहेको थियो सबैलाई । अमेरिकनहरु पनि त्यहाको रौनक हेर्दै देखिन्थे । मौसम त्यस्तै आनन्दको थियो । 

रोल्पाली मगर, ज्ञानका हिसाबले पण्डित, अनेसास डिसी महासचिव पण्डित भूप नारायण घर्तिमगरले नेपाली नयाँ वर्ष, बुद्ध जयन्ती र सिद्धिचरण जयन्तिका बारेमा जानकारी प्रस्तुत गरेर सुरु गरेको कार्यक्रम बिहान ११ बजे सुरु भएर बेलुकी ६ बजे सम्म यु घण्टा चल्दा पनि कहीँ कतै कसैलाई बोर लाग्ने अवसर दिएनन आयोजकहरुले । बिच बिच मा बुढाबुढी हजुर बा हजुर आमा, बा आमा देखी तरुनी तन्नेरी सम्म जुरुक्क उठेर नाच्दा कार्यक्रमझनै रमाइलो हुन्थ्यो ।

भोक लाग्यो दश थरी, सबैले मिलेर बनाएका खानाका परिकार छन्, छिन छिनमा गीत, कविता, हास्यब्यँग, नाचको बहार छ अनि के को बोर हुनु । बेलुकी पख काम हुनेहरु खाँदै, रमाइलोको आनन्दको मज्जा लिँदै जान त मन थिएन के गर्नु हजुर अब काम मा जानुछ भन्दै बिदा माग्दै थिए त, कोही हेर्नुस त काम बाट भर्खर निस्केर सिधै यता आएको भन्दै थिए । अमेरिका को ब्यस्तता र काम को चापमा पनि आउने जाने क्रम जारी रह्यो । 

कतिखेर दुर्गा रिजाल जस्ती अमेरिकामा रहेकी प्रसिद्ध छन्द कविको छन्द कविता त कति खेर नीरा शर्मा, प्रेम सँग्रौला, कृष्ण अधिकारी र वहाँहरु जस्ता दर्जनौ कविताका हस्तीहरु कविता पस्कन्थे । अरूण रूपाखेती, भूप नारायण घर्तिमगर, चेतन सिटौला, सकुन्तला अधिकारी, सुमिना चापागाई, सिश्री ओझा, अनमोल सिटौला, निलकण्ठ सुबेदी, गोमा न्यौपाने, इन्द्र श्रेष्ठ, पुष्कर पन्त, बृहस्पति लम्साल, कृष्ण मुरारी पुडासैनी, सुजना ढकाल, मन थापा, बिमला निरौला, रोमा भण्डारी, आयुसा ढकाल, नीता श्रेष्ठ, दीपा अधिकारी, हरिप्रसाद प्रसाई, सुस्मा खनाल, बिना घर्तिमगर, बिबेचना निरौला, सुगन्ध श्रेष्ठ, रामशरण हुमागाई, आनन्दु लामा, दिलीप नेपाल, मनिषा प्रसाई, कृतार्थ पुडासैनी, प्रणव नेपाल, रामप्रसाद खनाल लगायत कयौँका गीत, कविता, नाच, हास्यब्यँग सहितका विविध प्रस्तुतिको बहारले कार्यक्रम सुन्दर र रोमान्चित देखिन्थ्यो । 

गिनिज बुकमा नाम लेखाइ सकेका मार्शल आर्ट – कराते तर्फका नेपालका राष्ट्रिय प्रतिभा जो अमेरिकामा पनि नयाँ किर्तिमान कायम गर्दैहुनुहुन्छ अर्थात् उज्ज्वल ठकुरी देखी पावर लिफ्टिङमा अमेरिका टप अर्का नेपाली प्रतिभा जो अब संसार जित्ने तयारी गर्दै हुनुहुन्छ वहाँ अर्थात् रूप कार्की र रेडियोकर्मी, कला कर्मी सरोज केसीलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वासिङ्टन डिसी मेट्रो कमिटी र अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाको तर्फबाट संयुक्त रूपमा अध्यक्ष रामप्रसाद खनाल र अन्तर्राष्ट्रिय कलाकार मँचकी केन्द्रीय सदस्य, नायिका अनुपमा प्रसाइले सम्मान गर्नुभयो ।

१० वर्षको उमेरमै मार्शल आर्टमा अमेरिकामा गोल्ड मेडल प्राप्त गर्ने प्रनब नेपाल र अर्का कृतार्थ पुडासैनी लाई पनि कार्यक्रममा उनीहरूको प्रस्तुति सहित सम्मान गरियो । कार्यक्रममा अनमोल सिटौलाको नयाँ अङ्रेजी कविता कृति द इन्लाईटमेन्टको लोकार्पण पनि गरिएको थियो । कार्यक्रम मा अमेरिका नेपाल सोसाइटीका उपाध्यक्ष प्रभा देउजा, महासचिव प्रेम पौडेलले पनि बोल्नुभएको थियो । अन्त्यमा कार्यक्रममा भाग लिने सबैलाई प्रमाणपत्र वितरण गर्दै कार्यक्रम समापन गरिएको थियो । कार्यक्रमका केही तस्बिरहरू आफै यसरी समाचार बोल्छन: 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू