अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२२
| Colorodo: 17:37
काठमाडौँ । नेपाली भाषा साहित्यको श्रीवृद्धिमा अतुलनीय योगदान गरेबापत यो वर्षको वसुन्धराश्री पुरस्कार प्रा डा तारानाथ शर्मालाई प्रदान गरिने भएको छ । वसुन्धरा–मान प्रज्ञा प्रतिष्ठानको आजको बैठकले उक्त निर्णय गरेको हो । सम्मानपत्रसहित उक्त पुरस्कारको राशि रु ५० हजार रहेको छ ।
त्यसै गरी, सम्मान पत्रसहितको रु ५० हजार राशिको मानश्री पुरस्कार सञ्चारकर्मी एवम् साहित्यकार खगेन्द्र नेपालीलाई प्रदान गरिने भएको प्रतिष्ठानले जनाएको छ । रासस फोटो: गुगल सर्च