अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४९
| Colorodo: 19:04
कोलोराडो ।
अमेरिकाका पूर्व एन आर एन अध्यक्ष एवं कानुनविद् खगेन्द्र जिसीलाइ गैर आवासीय नेपाली अवैतानिक सल्लाहकारमा परराष्ट्र मन्त्रालयले नियुक्त गरेको छ ।
गत अप्रिल ११ को मन्त्रीस्तरीय बैठकले जिसीलाइ उक्त पदमा नियुक्त गरेको मन्त्रालयका सचिव शंकरदास बैरागीले जानकारी दिएका छन् । जिसीलाइ कानुनी तथा नीतिगत विषयमा गैर आवासीय नेपाली सङ्घ एवं अन्य विदेशस्थित नेपाली संस्थासँग समन्वय गरी परामर्श दिनका लागि सरकारले सल्लाहकारमा नियुक्त गरेको जनाएको छ ।