नाइजेरियामा मेरो प्रस्तुति हुने भएकोमा म अति उत्साहित छु – गायक राजेश पायल राई
बिआरटीनेपाल२०७३ फागुन २४ गते ७:०४ मा प्रकाशित
गैर आवासीय नेपाली संघ नाइजेरियाको आयोजनामा नेपाली नयाँ वर्ष २०७४ को शुभ अवसरमा हुने कार्यक्रममा आफ्नो प्रस्तुति नाइजेरिया हुने भएकोमा आफु अत्यन्तै उत्साहित भएको बताए l उनले अगाडी भने आफुले बिश्वका अनेक मुलुकमा धेरै प्रस्तुति दिई सकेको भएता पनि अफ्रिकी मुलुक नाइजेरियामा आफ्नो पहिलो प्रस्तुति हुने भएकोमा निकै रमाएको र एक प्रकारको खुसि छाएको बताएका छन् l
आफुले आफ्ना चर्चित गीत पुराना तथा नया गीतको समेत कोसेली लिएर अफ्रीका जाने भएकोले नाइजेरियामा रहेका सम्पूर्ण नेपालीलाई आफुलाई साथ दिन आग्रह नेपाल बाटै गरेका छन् l मातृभूमि भन्दा सात समुन्द्र पार गै अफ्रिकन मुलुक नाईजेरिया मा नेपालीहरु पुगी नेपाली कला ,संस्कृतिलाई जगेर्ना तथा प्रबर्धन गर्न नेपाली समुदायले देखाएको उत्सुकता तथा पहल गरेको देख्दा आफुलाई गौरव लागेको बताए l
परदेशमा व्यस्त समय बाबजुद समय व्यवस्थापन गरि समय निकाली कलाकारलाई समेत हौशला गर्ने नाइजेरियामा बसोबास गर्ने सम्पूर्ण नेपाली प्रति कृतज्ञ भएको जनाए l उनले गैर आवासीय नेपाली संघ नाइजेरियाका पदाधिकारी तथा बिशेष गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापालाई धन्यबाद दिन चाहेको बताए l
कुराकानीको क्रममा नाइजेरियामा हुने साँस्कृतिक कार्यक्रम आफ्नो लागि ऐतिहासिक हुने र सबैलाई आफ्नो गीतमा साथ दिन र नाच्न झुम्न समेत तयार हुन् आग्रह गरेका छन् l उनले त्यहाँ पनि नेपालीहरु पुगेकोले कलाकारलाई अवसरको बाटो खुलेको बताउदै नाईजेरियामा नेपालीहरु नपुगेको भए आफुले अवसर पाउँदैन थियौं भने l
गत बर्ष गैर आवासीय नेपाली संघ नाइजेरियाले लेगोसमा लोकप्रिय गायिका कोमल ओलिको प्रस्तुतिको सफल आयोजना गरेको थियो। संघका आइसिसी सदस्य चिरन्जिबी रोकाले यस्तो कार्यक्रमले नेपाली कला संस्कृतिको अफ्रिकामा प्रबर्द्धन गर्ने बताएका छन् । उक्त कार्यक्रममा राजेश पायल राई साथमा स्थानीय अफ्रिकी कलाकारहरुले पनि नेपाली र स्थानीय भाषामा गीत र नृत्य प्रस्तुत गर्ने संघका सचिब रोशन थापाले जानकारी दिएका छन् l