अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२६ | Colorodo: 16:41

गजल

आचार्य प्रभा २०७३ माघ २२ गते २:५४ मा प्रकाशित
प्रियतम त्यो मनमा बस्न मन्जुर छु म
मेरो न्यानो  अंगालोमा कस्न मन्जुर छु म |
प्रेमले जब  हेरिरन्छौ मेरो मुहारलाई
नागिनको  भेष बनि डस्न  मन्जुर छु म |
जत्ति जाल बिछाउँदै बेर्न खोज्छौ तिमी
उति उति त्यो जालमा फँस्न मन्जुर छु म |
उडाओस आकाशमा  बाँधीबेर्ही आइ
तिम्रै मनको संघारमा खस्न मन्जुर छु म |
देखाउन् ती चाहे मीठा स्वप्न  स्वर्गकै
त्यै  दिलको ढोका खोली पस्न मन्जुर छु म |