अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०२ | Colorodo: 21:17

फ्रान्सकी मित्तेराँ जितिन्र बनिन यस वर्षकी विश्व सुन्दरी

बिआरटीनेपाल २०७३ माघ १७ गते २१:५७ मा प्रकाशित

मनिला, माघ १७ गते । यस वर्ष फिलिपिन्सको राजधानी मनिलामा आयोजित ६५ औँ विश्व सुन्दरी प्रतियोगितामा फ्रान्सकी युवती आइरिस मित्तेराँ विजयी भएकी छिन् । सो प्रतियोगितामा विश्वका छयासी देशका सुन्दरीहरु सहभागी थिए ।

दन्त चिकित्सा विषयमा अध्ययनरत २३ वर्षिया विद्यार्थी तथा मोडेल मित्तेराँले ८५ जना सुन्दरी प्रतिद्वन्दीहरुलाई पछि पार्दै सन् २०१७ को विश्व सुन्दरी (मिस युनिभर्स) उपाधि हात पार्न सफल भएकी हुन् ।

राजधानी मनिलाको एसिया एरिना मलमा आयोजित उक्त प्रतियोगिताको अन्तिम दिन उनलाई गत वर्षकी विश्व सुन्दरी, फिलिपिन्सकै पिया उर्जब्याचले मिस युनिभर्सको शिरताज पहिराइ दिइन् ।

उत्तरी फ्रान्सको एउटा सानो नगर – लिली निवासी सुन्दरी मित्तेराँले आयोजकका तर्फबाट स्टिभ हार्भेले सोधेका एक सामान्य प्रश्नको उत्तरमा यस प्रतियोगितामा आफू प्रथम वा द्वितिय वा तृतिय जुनसुकै स्थानमा पर्न पाए पनि हर्षले गद्गद् हुने बताएकी थिइन्, तर प्रथम स्थान नै उनको पोल्टामा प¥यो ।

सो प्रतियोगितामा हैटिकी पच्चिस वर्षीया सुन्दरी राकेल पेलिसियर दोस्रो स्थान (फस्र्ट रनर–अप) मा र कोलम्बियाकी तेइस वर्षीया सुन्दरी एन्ड्रिया टोभार तेस्रो स्थान (सेकेण्ड रनर–अप) मा विजयी हुन सफल रहे ।

द्वितीय स्थानमा रहन सफल सुन्दरी राकेलको गृह नगर सन् २०१० मा हैटिमा आएको महाभूकम्पमा परेर ध्वस्त भए तापनि उनी जीवित रहन सफल रहेकी थिइन् । रासस ÷एपी

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू