अमेरिकामा नेपाली मूलका महिला सामाजिक कार्यकर्ता, महिला अधिकार कर्मी तथा महिला समाज सेवीबाट स्थापित सक्रिय सामाजिक संस्था नेपाली वुमन ग्लोबल नेटवर्कको न्युइङ्गल्याण्ड शाखाको प्रथम साधारण सभा भव्यताको साथ सम्पन्न भएको छ l गत जनवरी २२ तारिख हिमालयन कल्चरल एकाडेमी ,एवेरेट म्यासाचुसेट्समा बैठक भएको हो l अन्जना उपाध्यायद्वारा कार्यक्रम सञ्चालन गरिएको उक्त बैठकमा अतिथिहरुलाई स्वागत जमुना श्रेष्ठले गरेकी थिइन् l
तीन दर्जन जति सहभागिता रहेको उक्त कार्यक्रममा संस्थाको उद्देश्य तथा गठन भएको बारेमा छलफल हयेको थियो भने एनडब्लुजीएनकि केन्द्रीय सभापति रुकमणि कार्कीले संस्थाको इतिहास र अन्य विषयमा जानकारी दिएकी थिइन् l
कार्कीले अगाडी भनिन अमेरिकामा संस्था गठन गर्नु परेको कारण बताउँदै अमेरिका आएका आप्रवासी महिलाका समस्या तथा अनेकौ विषयमा काम गर्नु र वहा हरुलाई स्थापित गराउनु पनि रहेको बताईन l यसको साथै सभापति कार्कीले नयाँ देशमा आएका महिलालाई नेतृत्व क्षमताको विकास गर्ने जस्ता कार्यक्रमहरू ल्याउने र आर्थिक विकासमा पनि सहयोग हुने कार्यक्रम ल्याउने बारेमा प्रकाश परिन l उनले मन्तव्य राख्दै न्युइङ्गल्याण्ड शाखा सेवा प्रदान गर्ने संस्था हैन भन्दै महिलाहरुका विषयमा वकालत गर्ने संस्था हो भनिन l
न्युइङ्गल्याण्ड शाखाले महिला दिवस, नेपाली चाडपर्व, तीज पर्व, स्वास्थ्य शिविर आदी इत्यादि कार्यक्रम गर्न विषयमा पनि छलफल भएको थियो l रुकमणि बस्नेत तथा रीता रानाले बैठक सफल बनाउन सहजकर्ताको भूमिका निर्वाह गरेका थिए भने सुधा भण्डारी, अनुपमा राना, सुनिता कार्की केसी, निलम श्रेष्ठले आफ्ना कामको अनुभव सुनाएका थिए l मिना पुडासैनीले धन्यवाद ज्ञापन दिएकी थिइन् ।