अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४०
| Colorodo: 03:55
काठमाडौँ, पुस २४ गते । सर्वोच्च अदालतले आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति असंवैधानिक भएको ठहर गरेको छ ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासले कार्कीको नियुक्ति असंवैधानिक भएको ठहर गरेको हो ।
अधिवक्ता ओमप्रकाश अर्यालले कार्कीको नियुक्ति संविधान विपरीत भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । रासस