अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४९
| Colorodo: 11:04
कपिलवस्तुको कृष्णनगर भन्सारमा भारत तर्फबाट गोली चल्दा दुई जना सशस्त्र प्रहरी घाइते भएका छन् । दिउँसो करिब दुई बजेतिर चलेको गोली लागेर हबल्दार कर्णबहादुर पुन र मोहन श्रेष्ठ घाइते भएका हुन् ।
पुनको कुममा र श्रेष्ठको हातको औंलामा गोली लागेको छ । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
स्थानीय प्रत्यक्षदर्शीले गोलि भारत तर्फबाट चलाएको बताएका छन् । एयर गनबाट गोली चलाइएको प्रारम्भिक अनुमान गरिएपनि गोलि किन र कसले चलायो भन्नेबारे थाहा नभएकाले गोली चलाउनेहरुको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।