झन्डै झन्डै १४ वर्षको ठिटो एन आर एन अर्थात् गैर आवासीय नेपाली सस्था यहाँनेर आएर चाहिँ नराम्ररि चिप्लियो र चिप्लिएर पछाडिको हड्डि भाचिएको छ र अब यसले राम्रो डाक्टर फेला पारेन र अप्रेशन बिग्रियो भने जीवनभर हिडडुल गर्न नसक्ने गरी यो या त थला बस्छ या त हड्डीकै पिडाले उसको ज्यान हुर्मत खेर जान सक्नेछ । जीवनमा पढौला, केही गरौला र गरी खाउला र परिवार बनाउला, बच्चा बच्चि बनाएर एउटा सुन्दर परिवारको निर्माणको उसको सपना चक्नाचुर मात्रै भएन, हिड्न नजान्दा भाचिएको हड्डीले ज्यान नै लिने ठाउसम्म पुर्याउदा सुध्रिने, सुधारिने, उपचार गर्ने वा मालिस गरी हड्डी सोझ्याउन ढिलो भैसक्ने छ।
एन आर एन क्यास बोकेर मातृभूमि जाऊ भन्छ, प्रवासमा क्यास बनाउन सकेका २।४ जना बाहेक अरू प्रवासी नै छैनन्। ९८% प्रवासी त एक पटक नेपाल पुगेर फेरि प्रवास नै फर्कदा उ वा उनी वा उनका परिवारको गत वर्षसम्म जम्मा गरेको क्यास निख्रिसकेको हुन्छ l र यिनले फेरि नेपाल जाने कल्पना केही समयका लागि श्रम सङ्ग सौदाबाजि गरी दिनको १२ घण्टा नधस्सिए प्रवासका यिनका बिल भुक्तानी र आर्थिक व्यवहार चौपट्ट हुने खालको छ भने पछि कुन प्रवासीको क्यासको कुरा गर्दैछ एन आर मातृभूमिमा लगानीका लागि ? विगतमा शहकारिकरण जस्तो सबैको सहभागिताको लगानीमा जे जति उठाइए ती रकम एन आर एन भित्रकै चम्मु दलले आफ्नो व्यवसायमा वा कहीँ कतै ढ्याके र चोकेमा ब्याज लगाएर ब्याज पडकाउदै छन्।
एन आर एन सबै प्रवासीको सस्था आफू भनेर ठान्छ तर ५० लाख प्रवासीमा उ सङ्ग खाटी, नक्कलि सदस्यलाई कटाएर हिसाब गर्दा उ सङ्ग ७ हजार जति पनि छैन रियल, खाटि र बुझेका प्रबासिहरु उसका सदस्यता। यो लेख्दै गर्दा १० हजार त अमेरिकामै छन् भनेर चम्किने क्रान्तिकारी एन आर एनले यसको मुन्तिर कमेन्ट ठोक्लान । यत्ति कुरा चाहिँ अहिले नै भनी हालौ। अमेरिकाको सिम्प्लि भोटिङ्ग नक्कलि प्रविधिलाई हटाएर क्रेडिट कार्डबाट आफैले बलजफति अर्काको नाम चोरेर, नक्कलि नाम राखेर बाहेक सशरिर आफै उपस्थित भई भौतिक शरीर नै उभिएर मतदान गर्ने व्यवस्था गरेका दिन अमेरिकाको एन आर एनको सदस्यता भनेको जम्माजम्मि ५ सयको हाराहारीमा हो। अनि कहाँ छ त ७५ देशका ५० लाख प्रवासीमा ७ हजारको सदस्यता बोकेर कुन चाहिँ प्रवासीको नेतृत्व गर्दैछ त एन आर एन?
प्रवासका केही मुलुकमा सिला टिपेर बलजफति सख्या पुर्याएर बनाइएका एन आर एनका अधिकाश शाखाहरु सक्रिय छैनन् कि त २।४ जना बाहेक सक्रिय छैनन्। जहा सक्रिय छ अमेरिका, बेलायत, जापान, कतार, बेल्जियम, कोरिया, जस्ता ठाउँमा मारामार, कुटाकुट, मुद्दामामिला हुदाहुदा पुलिस बोलाएर आफ्नै सदस्यलाई लखेट्नु पर्ने अवस्था कसरि सिर्जना भयो त एन आर एन मा? मतलब आन्तरिक सहठन भित्र शान्ति, प्रजातान्त्रिक र पारस्पारिक एबम सहभागितामुक प्रधिनिधित्व र शैलीको पुर्णत अभाव खडकिएको एन आर एनले केही साहुहरु जो नाम चाहन्थे उनलाई उचाइमा पुर्याइ दियो तर खाटी प्रबासिहरुमा बितिष्णा जागिरहेको अवस्था बिध्यमान रहदा गुणात्मक क्षमताका ब्याक्तिहरुको नेतृत्व खट्किरहेको छ यस सस्थामा ।
एन आर एनले आफ्नो आन्तरिक सफाइ, आन्तरिक ब्याक्तित्व र नेतृत्व विकासमा कहिले जोड दिन सकेन। यसको प्रतिफल अब एन आर एनमा नेतृत्व गर्न सक्ने मानिस नै छैन भने भयो। सगठनको बाइलज, विधानलाई आफै आफै भित्रियाहरुले गरी खाने थलोमा विकास गरे, त्यसकारणले सन २००३ देखि २०१७ लाग्न खोज्दा पनि नयाँ क्षमताबान अनुहारहरुलाइ राजनैतिक दलको नाममा, जनजातिको नाममा र पैसाबालाहरुको नाममा, माफिया र मानव तस्करहरुको नाममा सस्थालाइ खल्तिमा हालिरहने कामले यो सस्थाको हड्डी अब मर्मत हुन सक्नेवाला छैन।
एन आर एनले प्रबासिलाइ नगद हैन नलेज विकास गरी ज्ञान र बौद्दिकता लिएर मातृभूमि जाऊ कहिल्लै पनि भनेन। जहिले पनि नलेज होइन नगद बोकेर नेपालको खोला र बालुवामा नगद लैजान प्रोत्साहित मात्रै गरेन रित्ता, भोका, सघर्षशिल र हरतहले कडा परिश्रमबाट जेनतेन पूर्वक बाचेका प्रबासिलाइ उनका भएका सिड मनि, सानो स्रोत, ज्ञान, क्षमता प्रयोग गरी सक्दो रूपमा प्रवासमै साना व्यवसाय प्रबर्दनमा कहिले पनि न त जोड दियो, न त बोल्यो नै, न त उनीहरूको क्षमता अभिब्रिदिमा ध्यान नै दिन सक्यो? प्रवासमै आर्थिक उन्नति नगरे कहाँ बाट लैजान्छन प्रवासीले नगद मातृभूमिको खोलामा खन्याउन?
साना व्यवसाय, आर्थिक स्वतन्त्रता, आफ्नो साहु आफै बनी आर्थिक सम्ब्रिदि र बचत बोकेर नेपाल लैजान आतुर छन् प्रवासी तर खल्ति, बैङ्क खाता र सेभिङ्ग रित्तै छ अधिकाश प्रवासीको भनेपछि कुन चाहिँ सेतो धन वा कालो धनको लगानी खोजिरहेको छ त एन आर एन? पहिले घर बलियो बने मात्रै समाज बन्ने हो भन्ने एन आर एनले कहिले पनि बुझेन, जब चुनाव आउँछ, पैसा डलर नेपालका राजनैतिक दलका ठुला नेतालाई प्रभावित बनाइ उनका प्रवासका शाखा र यिनका नेताहरूलाई किन लाग्ने गर्दछ उर्दि प्रवासीले प्रबास्को आफ्नो नेता छान्ने अधिकारमा? टिकट काटेर नेपाल नै जान नसक्ने प्रवासीले एन आर एनको नेतृत्वका लागि सपना बुन्न सक्लान त? यी तर्कना मात्र हुनेछन।
एन आर एन भन्छ समाज सेवा गरौँ प्रवास बनाऊ र मात्रिभुमिलाइ सुन्दर बनाऊ तर समाज सेवाको नाममा मानव तस्करि गर्ने, एन आर एनको कार्यक्रममा पैसा खाएर मानिस भित्र्याउने, चलखेल गर्ने, नाम र पदका भोका, गरिब प्रबासिलाइ एक डाइम पनि शुल्कमा सहुलियत दिन नसक्ने, प्रबासिलाइ नै ठगि खाने मेलोमेसोमा यो समाज बनाउने एन आर एनको मक्सद के पुरा होला त? प्रवासीको आर्थिक, सामाजिक, सास्क्रितिक एबम पहिचानमा आआफ्नै मुलुकमा बसेका प्रबासिहरुलाइ अहिलेसम्म कहाँ प्रोत्साहित गर्यो त एन आर एनले? पाए आफै पद पड्काउने, नेपालका नेता, राजनैतिक दल र सरकारका मन्त्री एबम अधिकारिहरुसङ्ग ब्याक्तिगत लाभ, पद फाइदा कुम्ल्याउने, फोटो खिच्ने, फेसबुकमा तेर्स्याउने, नेपालमा आफन्त भेटन जाँदा एन आर एनको ब्रिदि विकासको क्याप्सन ठोकि फेसबुकमा प्रचार गर्ने, १०।२० हजार रुपैयामा नेपाली पत्रकारलाई किनि प्रचार गराउने मानिसहरू जसको श्रीमतीले १२ घण्टा दैनिक काम गरिनन भने प्रवासमा यिनका ओभन तातिने छैनन् र भट टु तात्ने छैनन् अनि यिनै नेपालमा पत्रकार सम्मेलन गरी खरब र अरबका लगानी हाइड्रोपावरमा गर्न सक्छु भनेर प्रोपोगन्डा गरी फेसबुकमा शेयर गर्ने र आफन्त भाइ साथीलाई गतिलो कमेन्ट हान्न इन बक्समा अनुरोध गर्ने भने पछि यिनले एन आर एन बनाउछन कि एन आर एनको शाख गिराउछन त?
एन आर एनमा हिपोक्रेट्स बढ्न थाले, असाध्यै प्रचारमुखि आत्माहरु बढे एन आर एनमा, अनि यिनबाट एन आर एनले के सिक्ने र पाउने त? हुटिट्याउले पृथ्वी धान्ने जास्तो यिनीहरू बिना पहाड नै खस्ला जस्तो।
ससारका प्रबासिहरुले सिकेका, जानेका बुझेका र भोगेका, र ती मुलुकका जिम्मेवार पदमा पुगेका नेपालिहरुबाट क्यास खोज्यो एन आर एन ले कन्सेप्ट कहिले पनि मागेन। क्यास दिगो हुँदैन कन्सेप्ट बाडौ र मातृभूमिसम्म ती कन्सेप्ट बोकेर दिगो विकासमा टेवा दिने एजेन्डा एन आर एन ले कहिले पनि अघि सारेन र सार्नै सक्दैन जबसम्म एन आर एनमा हिपोक्रेट्सहरुको बाहुल्यता हुन्छ र क्षमतावान मानिसहरूलाई विधानको हाउगुजि देखाएर सधैँ बन्देज र निषेध गरिनेछ।
कहिले बोल्यो एन आर एनले साना व्यवसायबाट आर्थिक क्रान्ति? कहिले बोल्यो असल सुशासन, कहिले बोल्यो पर्याबरण, कहिले बोल्यो पब्लिक हेल्थ र हाइजेनिक जस्ता सम्बेदनशिल इस्युहरुमा? प्रवासीले सिकेका नलेज एन आर एनले ताकेको रित्तो खल्तिको नगद भन्दा कैयौ गुणा दिगो र प्रभावकारी पनि।
एउटा प्रश्न जसका लागि भनेर बनाइएको हो एन आर एन उसै प्रवासीको नेतृत्व कहिल्लै पनि नबन्ने, कहिल्लै पनि यिनको आवाज, एजेन्डा र आवश्यकतालाई सम्बोधन गर्न र हुनै नसक्ने हो भने सोझा सिदा प्रवासीका नाममा एक झुन्डलाइ गरी खाने, नाम कमाउने र पहुचवाला बनाउन मात्रै हो भने त आखिर यो सस्था नै आवश्यकता होला र? नत्र यो सस्थाको हड्डीको अप्रेशन गरी हड्डीलाइ चल्नै नदिने टुटे फुटेका बोन र हड्डीका बिकारहरुलाइ नपन्छ्याएसम्म १४ बर्से एन आर एन ठिटोले पिस अफ माइण्ड प्राप्त गर्ने छैन ?