अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४५
| Colorodo: 07:00
चितवन, मङ्सिर १७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ठुला दलको असक्षमता, अर्कमण्यता र सत्तालिप्साका कारण देश कहालीलाग्दो भुमरीमा फस्न लागेको बताउनुभएको छ ।
पार्टी एकतापछि आज यहाँ आयोजित कार्यकर्ता भेलामा अध्यक्ष थापाले नेपाली काँग्रेस, नेकपा (एमाले) र (माओवादी केन्द्र)ले देशलाई जातीय द्वन्द्वतर्फ धकेल्न खोजेको आरोप लगाउनुभयो । देशमा राष्ट्रवादी शक्तिको खाँचो रहेका कारण राप्रपा र राप्रपा नेपाल एक भएको भन्दै उहाँले मधेसलाई छुट्टै राज्य दिन नहुने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवम् भूमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले संविधान कार्यान्वयनका पक्षमा सङ्गठित भएर लाग्न पार्टी एकता महत्त्वपूर्ण हुने बताउनुभयो । रासस