नारी यस शब्दमा यति ऊर्जा छ कि यसको उच्चारणले नै मन – मस्तिष्कलाई झंकृत गर्दछ । यस शब्दको प्रयायी शब्द महिला , भामिनी , कान्ति आदि हो । नारी मानवको मात्र होंइन अपितु मानवताको पनि जन्मदात्री हो । मानवको आधार रूपमा प्रतिष्ठित सम्पूर्ण गुणहरूको जननी पनि नारी नै हो । ब्रह्माण्डलाई सन्चालित गर्ने विधाताकी प्रतिनिधि हुन् नारी ।अर्थात् सङ्ग्रह सृष्टि नै हो नारी । यसको इतर केही पनि छैन । यस सृष्टिमा मानिस जब अबोध थियो र अप्रतिम ऊर्जा प्रति आफ्नो आधार प्रकट गर्ने प्रयास गर्यो अनि हठात् मानवको मुखबाट निस्कियो :-
त्वमेव माता च पिता त्वमेव
त्वमेव बन्धु सखा त्वमेव
त्वमेव विद्या द्रविणं त्वमेव
त्वमेव सर्वं मम देव देव
सामान्य सांसारिक आवरणमा अल्झिन्छ वा मानवको कुनै चेष्टाबाट आहत हुन्छ अनि अकस्मात् त्यसले केही सम्झन्छ र त्यो हो आमा । दुखको घडीमा पनि हाम्रो मुखबाट जुन ध्वनि उच्चारित हुन्छ त्यो हुन्छ आमा । आमाको ध्वनि आत्माबाटै गुन्जमान हुन्छ । र , निस्किन्छ हाम्रो कंठबाट । तर , आमा एउटा त्यस्तो शब्द हो जुन निंस्किंएको हुन्छ हाम्रो आत्माबाट । मातृरूपको त्यस परम शक्तिलाई मानवले पहिलो पटक देख्यो अनि देख्यो पिताको , बन्धु , मित्र आदिको । महाकवि कालिदासका शब्दमा भन्ने हो भने
” वायार्थविव संप्रक्तो वागार्थ परमेश्वरों ( कुमारसम्भव )
जगतका माता पिता ( पितृ ) भवानी शङ्कर , वाणी र अर्थ सदृश एकिभूत छ वंदन ।
नारीबाट उत्पन्न सबै नारी नै हुन्छन् । शारीरिक आकार – प्रकारका भेद हुनसक्छ तर वस्तुत: र तत्त्व: सबै नारी नै हुन्छन् ।
नेपाली संस्कृतिमा नारी नै सृष्टिको समग्र अधिष्ठात्री हो । सम्पूर्ण सृष्टि नै नारी हो । यस सृष्टिमा बुद्धि , निद्रा , सुधा , छाया , शक्ति , तृष्णा , जाति , लज्जा , शान्ति , श्रद्धा , चेतना र लक्ष्मी आदि अनेक रूपहरूमा नारी व्याप्त छ । यसै पूर्णताबाट नारी भाव प्रधान हुन्छे । उसको शरीरमा मात्र हृदय हुन्छ ।
नारीको महान् भन्दा महान् त्यागलाई पनि संसारले उच्च दृष्टिले स्वीकार गर्न अझै पनि हिच्कियाउन्छ्न र दुर्बलता सम्झिन्छ्न । नारीका ठुला त्यागहरूलाई , आत्मनिवेदनलाई जगतले अधिकार नसोची त्यसलाई अद्भुत दान बुझी स्वीकार गरेको हुँदा कम से कम इतिहासले त यस्तो भनेको छ कि नारीको कुनै बलिदानलाई पुरुषले नारीको दूर्वलताका अतिरिक्त अन्य कुरा बुझ्ने कोसिस गर्यो । कारण नारीले आफ्नो शक्तिलाई बुझ्ने कहिल्यै प्रयास गरिन । उ आफ्नो वेदनालाई बुझ्ने कहिल्यै प्रयास नै गर्दिन । उ स्वयम् आफ्ना वेदनालाई कारकहरूलाई जान्दिन न त आफ्नो असह्य कष्टलाई बुझ्ने प्रयास गर्छे । नारी कोमलता जनित दूर्वलतालाई त्रुटि मान्दिहोस । आधुनिक नारीहरूको स्वच्छन्द प्रबृति निरूद्देश्य गन्तव्यलाई अनुचित नभनौं किन कि आजका प्रतिस्पर्धा गर्ने पुरुषसंगका नारी न कुनै कुरामा कमी छ्न न पछि जसरी पुरुष नारीलाई कम्जोर सम्झिन्छन त्यसरी नै नारीले पनि पुरुषका नजिक कुनै विशेष महत्त्व राख्दैनन । त्यसैले नारी र पुरुष रथका दुई पांग्रा हुन यक अर्काका पुरक |