गैर आवसिय नेपाली सङ्घ बेल्जियमको आयोजनामा गत बुधवारका दिन बेल्जियमको आन्त्रोपेन सहरमा अवस्थित नेशनल होटलको सभा हलमा गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष भट्टको स्वागतार्थ छलफल तथा रात्रि भोज कार्यक्रम सम्पन्न भएको छ ।
गोर्खा समाज बेलायतको निमन्त्रणामा बेलायत आएका भट्ट यूरोपका विभिन्न देश भ्रमण तथा भेटघाट कार्यक्रम सँगै गैर आवासीय नेपाली सङ्घ बेल्जियमले आयोजना गरेको स्वागत तथा छलफल एवं रात्रि भोज कार्यक्रमा प्रमुख अतिथिको आसन बाट बोल्दै गैर आवासीय नेपाली सङ्घ ले विगतमा गरेका कार्य अन्तर्गत हाल भइरहेको गतिविधि र भावी कार्य नीति बारे बताउँदै सबै क्षेत्र बाट आफ्नो सहयोग, सल्लाह, सुझाव सँगै राष्ट्रिय समन्वय परिषद् सँग हातेमालो गरी अगाडी बढेको बताए । नेपाली हरुको भाषा संस्कृति आर्थिक तथा पर्यटन विकास लागी विदेशमा रहेका नेपालीहरूको साझा सङ्गठन अर्थात् मुलुक बाहिर को मुलुक को रूपमा एनआरएन लाई आफूले लिएको बताए । एनआरएन ले हाल भूकम्प प्रवाभित क्षेत्र गोर्खा को लाप्राकमा पुननिर्माण कार्य अन्तर्गत नेपाल सरकार बाट इज्जत प्राप्त गरिसकेको र छ सय बाह्र घर निर्माण बोलपत्र आब्हान भई कार्य सुरु गरी सकेको जानकारी दिएका थिए साथै एनआरएन भवन निर्माण कार्य पनि अघि बढी सकेको बताए । नेपालको हेटौडा-काठमाडौँ सुरुङ मार्ग को आफू चेयरमेन भए यता रोकिएको निर्माण प्रक्रिया नेपाल सरकार को सहयोग मा अगाडी बढेको समेत बताए । यसै गरी गैर आवासीय नेपाली सङ्घ बेल्जियम ले नेपालको भूकम्प प्रवाभित बिध्यालय पुनर्निर्माण अन्तर्गत गर्न लागेको च्यारीटी कार्यक्रम को लागी यूरो पन्ध्र सय आर्थिक सहयोग समेत प्रदान गरेका थिए ।
कार्यक्रममा सभापतिको आसनबाट बोल्दै अध्यक्ष गंगाधर गौतमले राष्ट्रिय समन्वय परिषद् बेल्जियमले आफ्ना गतिविधिहरू केन्द्र देखि बेल्जियममा रहेका हरेक सङ्घ-संस्थाहरूको सहकार्यमा रचनात्मक कार्यहरू गर्दै आएको र अझ प्रवाभकारी बनाउन सदैव सहयोग समर्थनको अपेक्षा राखेको र प्रमुख अतिथिको उपस्थितिले एनआरएन बेल्जियम लाई अझै अगाडी बढ्न थप ऊर्जा मिलेको बताउँदै उपस्थित सबै प्रति धन्यवाद दिएका दिएका थिए ।
कार्यक्रममा गैर आवसिय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषदका सचिव अर्जुन कुमार श्रेष्ठ आईसीसी सदस्य जानकी गुरुङ, लक्जम्वरका आईसीसी सदस्य हरि बहादुर खत्रीले आफ्नो मन्तव्य व्यक्त गरेका थिए । उक्त कार्यक्रममा यूरोप उपसंयोजक प्रेम गुरुगं, आईसिसि सदस्यहरू चिज कुमार श्रेष्ठ, नेत्र बहादुर मगर, लक्जम्वरका एनआरएन महासचिव बिमल उपाध्याय, लगएत बेल्जियम स्थित विभिन्न सङ्घ संस्थाका प्रतिनिधि एनआरएन बेल्जियमका पदाधिकारी, सदस्यहरू तथा सल्लाहाकारहरु, पत्रकार, ब्यवसायिहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रम समापन सँगै गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्धी उठेका विभिन्न जिज्ञासा हरुको बारे प्रमुख अतिथिभट्टले प्रस्ट परेका थिए ।
त्यस्तै व्यवसायी शङ्करले बजगाईले स्कुल निर्माणर्थ च्यारेटीलाई यूरो दुई सय सहयोग गरेका थिए । राति अवेर सम्म सञ्चालन भएको सो कार्यक्रम गैर आवसिय नेपाली सङ्घ, बेल्जियमका महासचिव लोक दाहालले सञ्चालन गरेका थिए ।
स्मरण रहोस् गैर आवासीय नेपाली सङ्घ बेल्जियमले आगामी २० र २७ नोभेम्बरका दिन नेपालको भूकम्प प्रवाभित स्कुलको पुनर्निर्माणका लागी दुई छुट्टा-छुट्टै च्यारिटी साङ्गीतिक कार्यक्रमको समेत आयोजना गर्ने बताएको छ ।