कसैको रातहरु अनिदो बनाएर
कसैको आँखाहरु प्यासी बनाएर
एउटा प्रलय जीवन बाँचिरहेछु म
जहाँ तिर्सना, झझल्को र कैलेहि नअघाउने
भोकहररु लम्पसार छन्
म ति भोकहरु सुम्सुसाउँछु
टाँसीएर सुत्छु त्यसैसंग
र बिउँझन्छु अर्को महाभोक छातिभरी बोकेर
उसले नभनेको भए हुन्थ्यो
म निदाउन सकिन भनेर
उसले नबसेको भए हुन्थ्यो
म भेटिने दिन गनेर
तर उ भनिदिन्छ चाहना
बोलिदिन्छ मन र
खोलिदिन्छ
म बिनाका छट्पटी पोका असरल्ल
जहाँ म लाख पटक अल्झन्छु
उसले नजीस्केको भए हुन्थ्यो
काउकुती तरंग
नरोएको भए हुन्थ्यो मेरा पीडाहरु
नबुझेको भए हुन्थ्यो
मेरा सपनाका बाङ्गाटीङ्गा
अक्षर भित्रका रहस्य
तर उ मेरो मौनता सुम्सुराईदिन्छ
र जगाईदिन्छ
म म हुनुको उन्माद उच्छवास
जहाँ म संधै संधैलाई हराईदिन्छु
आफु भुलेर, दुनिया भुलेर
मात्र उ सम्झेर
यसरी उ समाहित भएको छाति
दिनमा हजार बार दुख्छ
हजार बार मुस्कुराउँछ र
हजार हजार रहर जन्माउँछ ।।।