प्रकाश थापा/अमेरिकामा रहेका नेपाली व्यवसायीहरुको छाता सङ्गठन युएस नेपाल च्याम्मर्स अफ कमर्सका अध्यक्ष मोहन ज्ञवाली लगायत विभिन्न प्रतिनिधिले नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादव , अन्तरिम चुनावी मन्त्री परिषद्का अध्यक्ष खिलराज रेग्मी अर्थमन्त्री शङ्कर कोइरालासँग भेटघाट गर्नु भएको छ । नेपाल भ्रमणमा रहनु भएका अध्यक्ष ज्ञवाली राष्ट्रपति यादव, रेग्मीसँग उहाकै कार्यकक्षमा भेटवार्ता गर्नु भएको हो ।
भेटवार्तामा अमेरिकाका लागि अवैतनिक नेपाली महावाणिज्यदूत, युएस नेपाल च्याम्मर्स अफ कमर्सका सल्लाहकार, प्रेम राजामहत, अमेरिकाका लागि अवैतनिक वाणिज्यदूत ढकाल, वरिष्ठ कानुन व्यवसायी , युएस नेपाल च्याम्मर्स अफ कमर्सका सल्लाहकार खगेन्द्र जिसी, युएस नेपाल च्याम्मर्स अफ कमर्सका सल्लाहकार, हेम सरिता पाठक एकेडेमीका अध्यक्ष हेम पाठक , युएस नेपाल च्याम्मर्स अफ कमर्स पर्तिनिधी जन प्रकाश चापागाइ लागायत विभिन्न घ संस्थाका प्रतिनिधि सहभागी थिए ।
भेटघाटका अवसरमा अध्यक्ष मोहन ज्ञवालीले आफुहरु अमेरिकामा रहेका नेपाली ब्यवसायीहरुको एकता र हितका साथै नेपालमा लगानी लैजानको लागी काम गरिरहेको भए पनि नेपालमा ब्यवसायीक असुरक्षा भएकोले सोचे जस्तो व्यवसाय नेपालमा ल्याउने नसकेको बताउनुभयो । अध्यक्ष ज्ञवालीले अमेरिका नेपाल चेम्बर अफ कमर्श अमेरिका रहेका ब्यवसायीहरुलाई एकजुट गरेर अघि बढ्दै गरेको जानकारी समेत गराउनुभयो । ज्ञवालीले अब बन्ने संविधानमा विदेशमा बस्ने नेपालीहरूको बारेमा उचित सम्बोधन हुनर्ुपर्छ भन्दै दोयल नागरिता , मताधिकार, विदेशमा बस्ने नेपालीहरुका सुरक्षा बिमा लगाएतका कुराहरूको स्पष्ट रूपमा चित्रण संविधानमा हुनु पर्ने , विदेशमा नेपालीले कमाएको पुजि नेपालमा लगानी गर्ने वतावरण बनाउनु पर्ने कुरा राख्नु भएको थियो ।
सो अवसरमा राष्छ्रपति यादवले आफू युएस नेपाल च्याम्मर्स अफ कमर्सले गरेका कामहरुबाट निकै प्रभावित भएको, युएस नेपाल च्याम्मर्स अफ कमर्सले अमेरिकाबाट खेलेको भूमिकाका लागि युएस नेपाल च्याम्मर्स अफ कमर्स अमेरिकालाई धन्यवाद दिनु भयो । अमेरिकामा युएस नेपाल च्याम्मर्स अफ कमर्सले अझ प्रभावकारी ढङ्गले काम गरोस भन्ने सुवेक्षा व्यक्त गर्नु भएको थियो ।
हाल सम्म ३१वटा स्टेटबाट ४०० व्यपारीहरुले आवद्धता जनाइसकेको युएस नेपाल च्याम्मर्स अफ कमर्सलाई अमेरिकाको वासिङटनडिसि स्थित रहेको नेपाली दूतावासले आधिकारिक र लिखित रूपमा नै छाता सङ्गठनका रूपमा आधिकारिक मान्यता प्रदान गरेको छ भने दूतावासले यसको जानकारी नेपाल सरकार, उधोग मन्त्रालय, नेपाल उधोग वाणिज्य महासंग, नेपाल चेम्बर अफ कमर्स लाई दिने भएको छ । ज्ञायत रहोस् गत वर्ष अमेरिका नेपाल व्यवसायी सङ्घ -(यूएस नेपाल चेम्बर अफ कमर्स) र नेपाल चेम्बर अफ कमर्शको बिचमा एक सम्झौता भएको छ । नेपाल चेम्बर अफ कमर्शले यूएस नेपाल चेम्बर अफ कमर्सलाई अमेरिकामा रहेका नेपाली व्यवसायीहरुको छाता सङ्गठनका रूपमा आधिकारिक मान्यता प्रदान गरेको छ । र नेपाल चेम्बर अफ कमर्शले यूएस नेपाल चेम्बर अफ कमर्सलाई काठमाडौँमा अफिसकोठा समेत प्रदान गरेको छ ।
भेटवार्तामा गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले चुनावमा भाग लिन पाउँनुपर्ने, अमेरिकामा बस्ने नेपालीले नेपालमा व्यपार गर्न वातावरण सिर्जना गर्नुपर्ने लगायतका विषयमा छलफल भएको छ ।
विजय थापा/वाशिंगटन डि० सि० -मे १८ , अमेरिकाको राजधानी वाशिंगटन डि० सि० मा एसियाभरीका मुलुकहरूले भाग लिएको र "एसियन हेरिटेज फेस्टिभल" अर्थात् एसियन परम्परा उत्सवमा सबै राष्ट्रहरूको रयाली ( परेड )मा आकर्षक तरिकाले वाशिंगटन डिसी वरपर रहेका विभिन्न सङ्घ तथा संस्था मार्फत प्रस्तुति गरिएको नेपालको प्रतिनिधित्व गर्ने परेडले तृतीय उप-विजेता हासिल गर्न सफल भएको छ lडिसी नेपाली दूतावासको अग्रसर तथा डिसी महानगर क्षेत्रका विभिन्न सङ्घ तथा संस्थाहरूको सहयोगमा एसियन परम्परा उत्सव भव्यताको साथ सम्पन भएको छ र जसको मूल उदेश्य एसियन समुदायका सांस्कृतिक परम्परालाई प्रबर्धन तथा जानकारी गराउनु हो l
रयाली (परेड)मा नेवारी भेषभुषामा सजिएर काठमाडौँ ऊपत्यकाको नेवारी "धिमे बाजा" बजाऊँदै राजधानी वाशिंगटन डि० सि० थर्काऊँदै विदेशीहरूलाई मनोरंजन दिलाएको "नेपा पासा: पूच अमेरिकये" तृतीय उप -विजेता भएको नेपाली दूतावास वाशिंगटन डि० सि० द्वारा जारी गरिएको छापा विज्ञप्तिमा जनाईएको छ l अमेरिकाका लागी महामहिम नेपाली राजदूत डा० शङ्कर प्रसाद शर्मा (पि० एच० डि०) को सक्रियतामा नेपाली दूतावासले भाग लिएको उक्त उत्सवमा तृतीय उप विजेता नेपाल हुन पुगेको हो l
रयाली (परेड)मा: नेपा पासा: पूच अमेरिकाएको झन्डामा अध्यक्ष लक्ष्मण प्रधान सहितका कार्यकर्ताहरू ,नेवा: अर्गनाइजेसन अफ अमेरिकाको तूलमा अध्यक्ष सिजन श्रेष्ट सहितका कार्यकर्ताहरू,बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका (बाना ) का अधक्ष्य विजय श्रेष्ठ तथा पूर्व महासचिव परुराम थापा ,नेपाल अमेरिका पत्रकार सङ्घका प्रतिनिधि ,दूतावासको तूलमा नेपाली राजदूत डा० शङ्कर शर्माको साथमा अन्य कुटनैतिक ,अर्जुनकान्त मैनाली,लेखनाथ गौतम, जित बहादुर कार्की, हाकिम भण्डारी, कर्नेल जसवन्त सम्शेर ज० ब० रा० सहित दूतावासका कर्मचारीहरू र अमेरिकाकै सबैभन्दा जेठो संस्था अमेरिका नेपाल सोसाईटीको तूलमा पूर्व अध्यक्ष खेम भट्टचन र वर्तमान अध्यक्ष डा० ठाकुर पुडासैनीको साथमा हार्बर्ड विश्व विद्यालय डा० विवेक पाण्डे (पि० एच० डि०)हुनुहुन्थ्यो lयसैगरी अमेरिका नेपाल सोसाइटीका महा-सचिव श्याम लिम्बु / सचिव मुकुन्द दाहाल, अमेरिका नेपाल महिला सङ्गठन (एन्वा) कि अध्यक्ष विष्णु कुमारी थापा, अमेरिकन नेपाली स्वास्थ्य परिचारिका समाजकी अध्यक्ष मंजु संग्रौला, डा० महेश्वर बैद्य ,नासो समुदायका अध्यक्ष दीपक विश्वकर्मा , सांस्कृतिक संयोजक अनुपमा प्रसाईको साथमा थुप्रै कलाकारहरू लगायत करिब २०० जना जति नेपालीहरू रयाली (परेड) मा सहभागी भएका थिए l
दिनभर चलेको अन्तरास्ट्रिय स्तरको सांस्कृतिक कार्यक्रममा:विभिन्न राष्ट्रहरूको साथमा नेपालको पालो आऊँद़ा नेपाली कलाकारहरूले प्रस्तुत गरेको सांस्कृतिक नृत्यमा म्याग्दी जिल्लाको चिमखोला गाउँको "थाल नाच" लाई विदेशीहरूले खुब रुचाएको देखिन्थ्यो lनेपाली दूतावासको प्रदर्शन कक्षमा पर्यटन बोर्डले पठाएको पर्यटक प्रबर्धनका सामग्रीहरू र नेपाली हस्तकलामा सामानहरू विदेशीहरूले रुचिपुर्बक लिएको देखिन्थ्यो l एसियाभरीकै खाना भएको उत्सवमा "घर -ए-कवाफ " नेपाली चमेना गृहले विदेशीहरूलाई नेपाली खाना चखाई रहेको देखिन्थ्यो lनेपाली दूतावासको तर्फ नेपाली संस्कृति समूहको सहयोगमा मारुनी तथा थाली नृत्य प्रस्तुति गरेको थियो जसको नृत्य निर्देशक कलाकार अनुपमा प्रसाईले गरेकी थिइन lकुमारी रथ र धिमे बाजाले सबैको ध्यान आकर्षण गरेको थियो l
नेपाली दौरा, शुरुवाल ,ढाका टोपीमा सजिएका नेपाली पुरुषहरू र साडी, चोलोमा सजिएका महिलाहरू जस्तै सम्पूर्ण राष्ट्रहरूका नागरिकहरू आ-आफ्ना राष्ट्रिय पोशाकमा उपस्थित भएको उक्त भव्य अन्तरराष्ट्रिय स्तरको मेलामा करिब (१५ )पन्ध्र हजार जति विदेशीहरूको उपस्थिति भएका थिए l नेपाली राजदूत डा० शङ्कर शर्माको सक्रियतामा अमेरिकाको राजधानी वाशिंगटन डि० सी० मा नेपालको राम्रो प्रबर्धन भएको छ l
बि आर टि नेपाल प्रतिनिधि मे १८, २०१३/- कोलोराडो
स्थित नेपाली सामाजिक संस्थाहरु रकी माउन्टेन फ्रेन्ड्स अफ नेपाल र नेपाली घरबिच कोलोराडोको नेपाली समुदाय माझ गरिने विभिन्न सामाजिक कार्यहरुहरु सयुंक्त रुपमा आयोजना गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा यसरी आयोजना गरिने कार्यक्रमहरुको लागि कार्यक्रम हुनु अगावै दुवै पक्षका प्रतिनिधिहरु सम्मिलित कार्यदल गठन गरिने र त्यसले संयुक्त रुपमा कार्यक्रम आयोजना गर्न आवश्यक तयारी गर्ने उल्लेख गरिएको छ ।
साथै यसरी सयुंक्त रुपमा कार्य गर्दा दुवै संस्थाको उद्देस्य र सम्मान माथि कुनै आँच आउने नदिने जानकारी दिइेको छ । सम्झौतापत्रमा रकीमाउन्टेनका अध्यक्ष शरद आचार्य र नेपाली घरका अध्यक्ष नारायण श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।
Manale Maya Rojyo Singer: Naresh Tarami Magar and Janaki Tarami Magar Acor / Actress: Shankar BC / Parbati Rai Music: Naresh Tarami Magar Lyrics: Naresh Tarami Magar