Apycom jQuery Menus

Current News

रोमवासी नेपालीद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग

जनक पंगेनी, रोम - अन्नपूर्ण आधार शिविरको माछापुच्छ्रे हिमालमा गएको हिमपहिरोका कारण सेती नदीमा आएको बाढीमा परी घर बहार बिहिन हुन पुगेका पीडित परिवारजनहरुको सहयोगका लागी नेपाली समाज रोम, विभिन्न संघ संस्था र रोमवासी नेपालीहरुको पहलमा राहत स्वरुप सङ्कलन गरिएको छ ।

यसरी आर्थिक सहयोग गर्ने संघ संस्थाहरु नेपाली समाज रोम इटालीबाट यूरो ३६५, नेपाली जनसम्पर्क समिती इटालीबाट यूरो २००, त्यस्तै रोमवासी नेपालीहरुबाट १५८५ यूरो संकलन भएको छ ।
उक्त सङ्कलित राहत रकम जम्मा २१५० यूरो मिती १६-०५-२०१२ मा नेपाली समाज रोमका अध्यक्ष देवराज गुरुङ र उपाध्यक्ष जनक पंगेनीको रोहवरमा रोमवासी विकास थापाको नाममा पठाईएको जनाइएको छ ।

सो राहत रकम विकास थापाद्वारा स्थलगत भ्रमण गरी पीडित परिवारहरुलाई प्रत्यक्ष रुपमा हस्तान्तरण गर्नका लागि पनि नेपाली समाज रोमले अनुरोध गरेको छ ।
More

न्यूयोर्कमा १० वटा नेपाली संघ संस्थाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

अर्जुन मैनाली:- अमेरिकाको न्यू योर्क स्थित चेन फेडेरेसनको हलमा १० वटा नेपाली संघ संस्था द्वारा संयुक्त रुपमा आयोजित रक्तदान तथा निः शुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ । 


मदर्स डे को अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा न्युयोर्कमा  सक्रिय  नेपाली संस्थाहरू सिन्धु - यु एस ए वेल्फेर सोसाइटी, थकाली सेवा समिति, एन आर एन (यु एस ए), मुस्ताङ किदुग, किरात राई सोसाइटी अफ अमेरिका, अन्तराष्ट्रिय साहित्य समाज, ग्याल सुम्दो सेवा सस्था, एसोसिएसन अफ नेपाली तराई इन अमेरिका, एसोसिएसन अफ नेपलिज फिजीसिअन इन अमेरिका र अमेरिका नेपाल् फ्रेन्ड्शिप सोसाइटीको  सहभागिता   थियो । कार्यक्रममा ७५ जनाले रक्तदान गर्नु भयो भने ५५ जनाले निःशुल्क स्वास्थ्य परिक्षण गराउनु भएको थियो ।


कार्यक्रममा न्यू योर्क स्थित नेपाली स्थाई नियोगकका उप प्रमुख शिवा लम्साल अधिकारी र मिनिस्टर काउन्सिलर  अमृत राईले रक्त दाताहरूलाई प्रमाण पत्र बितरण गर्दै नेपाली समुदायले गरेको यस मानबिय कार्यको प्रशंसा गर्नु भयो । उक्त कार्यक्रममा अमेरिकन रेड क्रसका लेखा प्रबन्धक थोमस केनले यति रगतबाट २२५ जनाको अमुल्य जीवन बचाउन सक्दछौ  भन्दै नेपाली समुदायले रक्दानको क्षेत्रमा देखाएको यो सदभाव र सहयोग महत्वपुर्ण रहेको बताउनु भयो । उक्त रक्दान तथा निःशुल्क स्वास्थ्य शिबिरमा डा. भुपेन्द्र वाग्ले, डा. रेखा हमाल, डा. उमेश् पौडेल, डा. बिनोद् शाहले निःशुल्क योगदान पुर्याउनुभयो भने डा. तारा निरौला, डा. रेखा हमाल ,अर्जुन मैनाली, बंशलाल तामाङ्, परिता राजभण्डारी, सतेन्द्र शाहा, धाग्याल्पो पुनेल, पूनम काफ्ले, मणी वाङ्देल, छेपक दोरजी, ओमकार गौचनले सक्रिय सहयोग पुर्याउनु भएको थियो । ब्लड डोनर्स अफ अमेरिकाका अध्यक्ष तथा १०४ औं पटक रक्तदाता अर्जुन प्रसाद मैनालीले यसरि यति धेरै संघ संस्थाहरुले रक्तदान जस्तो मानबिय सेवामा एक जुट भएर लाग्नु भएकोमा सबै रक्तदाता तथा कार्यक्रम आयोजक संस्थाहरुलाई धन्यवाद ब्यक्त गर्दै नेपाली अमेरिकी समुदायमा रक्तदान एक पर्व जसरि नै भैरहेकोमा खुशी ब्यक्त गर्नुभयो ।


परदेशमा नेपालि समुदायमा रक्तदान कार्यको अभियानका साथै नेपालको चितवन रेडक्रसलाई चितवनमा रक्तदान उत्प्रेरणा कार्य संचालन गर्न रु. ५०,००० र कालिकोट र सल्यानमा २ अलग अलग प्रसुती व्यथाले चापेका महिलाहरुलाई अत्यधिक रक्ताश्राब भै मरणासन्न अबस्थामा पुगेको अबस्थामा स्वास्थ्यकर्मी स्वयंले नै रगत दान गरि बचाउनु हुने कटक बहादुर महत र डा. जीवन अधिकारिलाइ उहाँहरुको मानबिय सेवाको उच्चतम मुल्यांकन गर्दै  रु.१० हजार नगद पुरस्कार पनि प्रदान गरेको बताउनु भयो ।

More

अमेरिकाको म्यारील्याण्डमा (FNCCI) नेपाल उद्योग बाणिज्य महासंघ -साक्षात्कार कार्यक्रम ।

विजय थापा , मे १५, म्यारील्याण्ड, अमेरिका,अमेरिकाको म्यारील्याण्ड राज्यको सिल्भरस्प्रिंग स्थित नेपाली समुदायको चर्चित चमेना गृह घर ए कवाफमा नेपाल उद्योग बाणिज्य महासंघका अधक्ष्य सुरज वैद्य तथा अमेरिका भ्रमणमा पाल्नु भएका प्रतिनिधि मण्डलसंग साक्षात्कार कार्यक्रमको आयोजना गरियो l साक्षात्कार कार्यक्रमको एक सवालको जवाफमा नेपाल उद्योग बाणिज्य महासंघका अधक्ष्य सुरज वैद्यले भ्रष्टचार सम्बन्धि आफ्नो अभिव्यक्ति खुल्ला रुपमा प्रस्तुत गर्दै  आफ्नो ईमान्दारीताको परिचय दिनु भयो l 
वहाको अभिव्यक्तिले पृथक स्थान ओगट्न सफल भै वहा जस्तो ईमान्दारी व्यक्तित्व तथा उधोगपतिको सरल उत्तरले  वाशिंगटन डिसी क्षेत्र भित्र बसोबास गर्नु हुने लब्ध प्रतिष्ठित व्यक्तित्व ,बिभिन्न संघ तथा संस्था प्रतिनिधि तथा संचार माध्यमकर्मीहरुको तर्फबाट प्रशंशा प्राप्त गर्नु भयो l जुन कुराको खुलाशाले सबैको ध्यानाकर्षण गरायो l उक्त प्रतिनिधि मण्डलमा क्रमस : निर्मल राज पौडेल ,टिका राज ढकाल,मिंग्मा दोर्जी शेर्पा ,सुबाश पाण्डे(प्रधान  मन्त्रीका स्वकीय  सचिब ) ,गोपाल खनाल ,हेम राज पाठक ,रोजी खनाल सिंह ,उषा खतिवडा ,मिलन महर्जन ,छिरिंग लामा तथा प्रबिना पाण्डे हुनु हुन्थ्यो l
उक्त कार्यक्रम अनौपचारिक भएता पनि कार्यक्रमको आयोजना संचार माध्यममा लामो समय देखि संलग्न हुनु हुने सगरमाथा टेली भिजन अमेरिकाका प्रमुख संचालक तथा गैर आवासीय संघ अमेरिकाका  उप क्षेत्रीय संयोजक राम खरेल राम चन्द्र खरेलको अगुवाईमा सम्पन्न भएको थियो lवाशिंगटन डिसी क्षेत्र भित्र पहिले देखिने बसोबास गर्दै आउनु भएका लेखा परीक्षक तथा लाउडन काउन्टीका प्रजातान्त्रिक दलका तर्फबाट उक्त काउन्टीका कोषाधक्ष हरि शर्माले सबैलाई हार्दिक स्वागत गर्दै सारगर्भित मन्तब्य ब्यक्त गर्नु भएको थियो l

कार्यक्रमको सुरुवात परिचयात्मक रुपमा गरिएको थियो भने कार्यक्रममा सबैलाई हार्दिक स्वागत राम चन्द्र खरेल ज्युले गर्नु भै कार्यक्रम औपचारिक नभै अनौपचारिक भएको जानकारी गराउदै सबैलाई छोटो परिचय दिन आग्रह गर्दै उल्लेखनीय उपस्थिति सबैले परिचय दिएका थिए l अमेरिकाका राज्य बिभागका प्रतिनिधि मितुल देसाईले सबैलाई स्वागत गर्दै खुशी ब्यक्त गर्दै आफ्नो तर्फबाट प्रवासमा रहनु हुने सम्पूर्ण समुदायले गरेको कार्य प्रति आफुलाई गर्व भएको महसुस भएको ,सबैलाइ सहयोग गर्ने र अमेरिका तथा नेपालको सम्बन्धको चर्चा गर्दै प्रवासमा उल्लेखनीय  नेपालको नाम राख्ने नेपाली केहि व्यक्तिहरुको नाम लिने क्रममा दर्शन रौनियारको नाम समेत लिनु भएको थियो l नेपालमा आउनु हुने र बाणिज्य सम्बन्धि अन्य बिकाश बिषयमा आफुसंग छलफल गर्न तैयार रहेको बिस्वस्त दिलाउनु भएको थियोl

यसै गरि नेपाली राजदूताबासका  नियोग, उप प्रमुख अर्जुन कान्त मैनालीले नेपाल उद्योग बाणिज्य महासंघका अधक्ष्य सुरज वैद्य योग्य तथा अनुभवी उद्योगपति र नेतृत्व क्षमता भएको व्यक्तित्व भन्दै प्रशंसा गर्नु भएको थियो र बाणिज्य सम्बन्धि धेरै ज्ञान रहेको छ भने थप  जानकारी  गराउनु भएको थियो,अर्का वक्ता तथा बाणिज्य महादूत प्रेम राजा महतले स्वागत गर्दै वहाहरुको लागि नै आगामी बिहिबार अन्तरक्रिया कार्यक्रम राखेको भन्दै आयोजकलाई धन्यबाद ब्यक्त गर्दै आफु कम बोल्ने र आफ्नो कार्यक्रममा धेरै कुराहरु राख्ने प्रतिबद्दता जाहेर गर्दै सबैलाई सहभागीको लागि आग्रह गर्नु भयो l

आफ्ना प्रतिनिधि मण्डलसंग अमेरिका भ्रमण सम्बन्धि प्रकाश पार्दै धेरै सारगर्भित मन्तब्य व्यक्त गर्दै मुलुक बाहिर बसोबास गर्नेले नेपाललाई जस्तो सोचेको जस्तो मुलुक नभएको ,सबैले नेपाल आमा र नेपाल प्रति माया दर्शाउनु पर्ने आग्रह गर्दै मुलुकले आर्थिक क्षेत्रमा ठुलो फडका हानेको ,लगानीमा बृद्दी ,उत्पादनमा दोब्बर भएको ,पर्यटकमा २७ प्रतिसतले बृद्दी ,बिदेसबाट पनि लगानी कर्ताको व्यापक सहभागी हुने क्रम जारी ,नेपालको सुर्य चुरोट कम्पनीले लगानीमा दोब्बर गरेको र नेपाल उद्योग बाणिज्य महासंघ मुलुकमा दिगो शान्ति तथा आर्थिक बृद्दीको चाहना राखेको उल्लेख गर्नु भयो भने आफ्नो मन्तब्य ब्यक्त गर्ने क्रममा वर्तमान प्रधान मन्त्रि बाबुराम भट्टराईको प्रसंसा गर्दै  बिप्पा  (द्विपक्षीय लगानी प्रबर्धन तथा सुरक्षा सम्झौता ) र दोहोरो कर प्रणाली सम्बन्धि सम्झौता गर्न सफल भएकोमा खुसि ब्यक्त गर्नु भयो l

रोजगारीको बिकराल समस्या मुलुकले भोगेकोले १० लाख नेपालीहरुको रोजगारीको लागि सबैखाले योजना तर्जुमा गर्न कतिबद्द रहेको र प्राथमिकता पनि रहेको जानकारी गराउनु भयो l मुलुकको आर्थिक बृद्दीको लागि हर कोसिस गर्ने प्रतिबद्दता व्यक्त गर्दै उपस्थित मान्यबरहरुको सबैको जवाफ दिनु भएको थियो l

कार्यक्रमको अन्त्यमा सबैलाई धन्यबाद दिदै गैर आवासीय संघ  अमेरिकाका उप क्षेत्रीय संयोजक राम खरेल राम चन्द्र खरेलज्युले रात्रिभोजको प्रायोजक तथा उपस्थित भै कार्यक्रमको शोभा बढाई दिनु सबै गरिमाय व्यक्तित्वहरुलाई  कृतज्ञता ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नु भयो l
More

अमेरिकामा दुई चेम्बर अफ कमर्स बिच सम्झौता सम्पन

अमेरिका, न्यूयोर्क - अमेरिका नेपाल व्यवसायी संघ (यूएस  नेपाल चेम्बर अफ कमर्स ) र नेपाल चेम्बर अफ कमर्स नेपालका बिचमा अमेरिकाको न्यूयोर्कमा मे १२ मा आयोजित एक कार्यक्रममा  memorandum of understanding (mou_  मा एक सम्झौता भएको  छ । न्यूयोकको रिजउडमा अमेरिका नेपाल व्यवसायी संघको आयोजनामा आयोजत उक्त कार्यक्रममा उक्त संघको तर्फवाट सचिव प्रकाश थापा, अध्यक्ष मोहन ज्ञवाली र नेपाल चेम्बर अफ कमर्सका तर्फवाट महासचिव कमलेस कुमार अग्रवाल  र अध्यक्ष सुरेन्द्र कुमार बस्नेतले हस्ताक्षार गर्नुभएको छ ।

 

अमेरिका भ्रमणमा रहेका उक्त व्यापारी मण्डलको स्वागतका लागी आयोजित उक्त कार्यक्रम संयुक्त राष्ट्रसंघको न्यूयोर्क  स्थित कार्यालय नियोग दुतावास र अमेरिका नेपाल व्यवसायी संघ द्वारा संयुक्त रुपमा आयोजना गरिएको हो ।

संघका अध्यक्ष मोहन ज्ञवालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष सुरेन्द्र कुमार बस्नेतले  “आज भएको यो  सम्झौता अमेरिकामा रहेका नेपाली व्यापारी,व्यवसायी र नेपालमा रहेका व्यापारी व्यवसायीका लागी ऐतिहासिक भएको छ भन्नुभयो ।” आज पछि अमेरिकामा अमेरिका नेपाल व्यवसायी संघ चेम्बरको आघिकारिक प्रतिनिधि भएको छ भन्दै उहांले यस संस्थाले नेपाली व्यापारीहरुको हकहितको लागी काम गरोस र यसबाट नेपाली व्यवसायीले फाईदा लिन सकोस भन्दै नेपाली व्यवसायीको लागी चेम्बरले नेपाल र अमेरिकन सरकार संग पहल गर्ने घोषणा गर्नुभयो ।

 

कार्यक्रममा बोल्दै चेम्बरका महासचिव कमलेस कुमार अग्रवालले  यो सम्झौताले नेपाल र अमेरिकामा बसेर व्यवसाय गर्ने व्यापारी बिच एउटा पुलको काम गर्ने ,देशमा नयां लगानिका बाटाहरु खुल्ने र व्यापारीहरु बिच समन्वय सहकार्यमा महत्वपूर्ण भुमिका खेल्ने छ भन्नुभयो ।

 

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल मिसनका नायव स्थायी प्रतिनिधी सेवा लम्सालले अमेरिका नेपाल व्यवसायी संघले सुरु गरेको यो काम ऐतिहासिक भएको र नेपाल मिसनले यो काम लाई  सफल बनाउन सक्दो सहयोग गर्ने छ भन्नुभयो । त्यसैगरि मिसनका मिनिष्टर अफ काउन्सिल अमृत राईले अमेरिकामा हरेक संस्था भएपनि व्यापारीको संस्था नभएको र यो संघले व्यापारीहरुको लागी थालेको एकताले अमेरिकन नेपाली व्यवसायीहरु एक जुट भएर अगाडी बढ्ने छन भन्नुभयो ।

 

 

अमेरिकाका लागी नेपाली वाणिज्य दुत प्रेम राजा महतले यो संघले व्यापारीहरुलाई एकजुट बनाउनुहोस आफुले हरेक कदममा सहयोग गर्ने भन्दै । अमेरिकी सरकार, यहांको चेम्बर संघ नेपाली व्यवसायीका लागी आफू काम गर्न तयार रहेको छु भन्नुभयो । दुई चेम्बरका बिचमा भएको सम्झौतालाई ऐतिहासिक भन्दै यसले नेपाली व्यवसायीलाई ठूलो फाईदा पुग्ने छ भन्नुभयो ।

 

उक्त समारोहमा बोल्दै नेपाली जनसम्पर्क समिती अमेरिकाका अध्यक्ष्ाँ खगेन्द्र जिसीले नेपालमा बन्न लागेको संविधानमा दोईेल नागरिताको प्रावधान हटाउन थालिएको छ भन्दै सबैले मिलेर यसलाई टड्कारो रुपमा उठाउनु पर्छ भन्दै यो संघले गर्ने क्रियाकलपमा आफ्रनो पूर्ण रुपमा सहयोग हुने छ भन्नुभयो । त्यसैगरि कार्यक्रममा रिजउड नेपलिज सोसाइटिका अध्यक्ष श्री पराजुलिले सामाजिक संस्था र व्यापारीक संस्था बिच समन्वय हुनुपर्छ भन्दै यो संघले अमेरिकामा रहेका व्यापारीहरुको उत्थानका लागि लडोस आफूले हरेक कदममा साथ दिन्छ भन्नुभयो ।

 

कार्यक्रममा अमेरिका नेपाल पत्रकार संघका अध्यक्ष आङ्ग छिरिङ्ग शेर्पा , पत्रकार सूर्य थापा , UNDFका अध्यक्ष सिता खरेल , समाज सेवी डा; तारा निरौला ,वाल्टिमोर एसोसिएसनका अध्यक्ष विजय श्रेष्ठ , शेर्पा किदुङ्गका सचिव पाशाङ्ग शेर्पा लगायतका वक्ताले दुई चेम्बर बिच भएको सम्झौता ऐतिहासिक भएको उल्लेख गर्दै यसले व्यपारीहरुको हकहित,सुरक्षाका लागी पहल गरोस भन्दै आफूले हरेक कदममा साथ दिन्छौ भन्नुभयो । कार्यक्रममा केन्द्रिय सदस्य केदार श्रेष्ठ लागायतका पर्तिनिधिको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागीहरुलाई स्वागत भाषण संघका कोषाध्यक्ष कुगां शेपाले गनुभएको थियो भने कार्यक्रमको संञ्चालन सचिव प्रकाश थापाले गनुभएको थियो ।

 

कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य वेद प्रसाद खरेलले संघले आगामी ६ देखि एक वर्ष भित्र अधिवेशन गर्ने ,हाल सम्म ३१वटा स्टेट बाट २४० व्यपारीहरुले आवद्धता जनाइसकेको र  यो संस्था गैर राजनितीक , मुनाफा रहित हुने उल्लेख गर्नुभएको थियो । त्यसै गरि कार्यक्रममा केन्द्रिय उपाध्यक्ष सानुबाबु सिलवालले कार्यक्रमको उद्धेश्य माथि प्रकाश पार्दै व्यापारिक हितको लागी यो संस्था गठन भएको र यसले नेपालमा अमेरिकन लगानि भित्रयाउने र अमेरिकामा रहेका व्यापारी,व्यवसायीको हकहित संरक्षण गर्न महत्वपूर्ण भुमिका खेल्ने प्रष्ट पार्नु भएको छ ।

 

अन्तमा अध्यक्ष मोहन ज्ञवालीले कार्यक्रममा सहभागीलाई धन्यवाद भन्दै आज भएको दुइ चेम्बर विचको सम्झौताले दुई देश विच व्यापारिक फाइदा हुने छ भन्दै नेपाल चेम्बर अफ कमर्सले नेपालमा विदेशी लगानी  भिœयाउनका लागी नेपालीहरुलाई वातावरण तयार गर्न अनुरोध गर्दै यहांको नेपाली व्यापारी, व्यवसायीहरुलाइ एक भएर लाग्नका लागी आव्हान गर्नुभयो ।

More

इजरायलमा २५५६औँ बुद्धजयन्ती भव्यताका साथ सम्पन्न

हरि मानन्धर, इजरायल / इजरायलको मुख्य शहर तेलअविव स्थित लेवेन्स्की पार्कमा सन २०१२ मे १२ शनिबार बिहान ११ बजे देखि खुल्ला मंचमाशान्ति –याली सहित धार्मिक विधीअनुसार पाठ पूजाबाट कार्यक्रम आरम्भ गरि मनाइयो ।
 
उक्त कार्यक्रम शेर्पा समाज इजरायलका अध्यक्षको सभापतित्वमा सम्पन्न भएको थियो भने उक्त कार्यक्रम नेपाली दुतावास, इजरायलका उप नियोगका प्रमुख रमेश प्रसाद खनालका प्रमुख आतिथ्य साथै श्रीमति सुशिला खनालको समेत उपस्थिति रहेको थियो ।
 
त्यस्तै उक्त कार्यक्रमा इजरायलमा स्थापित विभिन्न सँघसँस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, विभिन्न अनलाइन मेडियका प्रतिनिधहरूको आतिथ्य रहेको थियो । यस अवसरमा इजरायलमा कामदारको रूपमा वा अन्य पेशाको रूपमा रहदै आउनुभएका सम्पूर्ण नेपालीहरुको एक ठुलो समुह, नेपाली दाजुभाइ तथा दिदीबहिनिहरू नेपालीपन झल्किने विभिन्न जातिय  पोशाक आदि भेषभुषामा उपस्थित हुनु भएको थियो |
 
उक्त कार्यक्रममा (लुम्बिनी कपिल बस्तु दिवस अभियान) कि रास्ट्रिय मूल संयोजक मिना बान्तवा "मृदु" ज्युले बुद्ध जन्म स्थान र लुम्बिनी-कपिलबस्तु दिवस अभियानको उद्देस्य । यसका बारेमा एक छोटो बक्तब्य दिनुभएको थियो । बक्तव्यको क्रममा यो समिति कुनै धर्म राजनीति र जातको अभियान नभएर एउटा बुद्धको जन्म स्थान र बुद्धको उपदेशले मानिसलाई पवित्र विचार दिने हुनाले यो शुद्ध र स्वच्छ अभियान हो, भन्नुभयो । विश्वमा बुद्धको महत्वको बारेमा भन्दै सम्पूर्ण उपस्थित महानुभावहरुलाई लुम्बिनी-कपिलबस्तु दिवस अभियानको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।
 
त्यस्तै  श्री सत्य साई केन्द्रकि अध्यक्ष नेहा गुरुङ (साइराम) ज्युले बुद्धका सन्देशको बारेमा र अहिले सँसारभर बुद्धको जन्म भारतमा भएको भन्ने गलत प्रचारले केहि नहुने र वास्तविकताले सधैँ बिजय प्राप्त गर्ने कुरा बोल्नु भएको थियो ।

सेर्पा संघ इजरायलका पासांग सेर्पा, तामाङ् समाज इजरायलका अध्यक्ष बीबी लामा द्वले २५५६औँ बुद्ध जयन्तीको यस महान कार्यक्रममा पाल्नुहुने सम्पूर्ण भक्तजनहरूमा शुभाकामना  तथा हार्दिक कृतज्ञता ब्यक्त गर्नु भएको थियो ।
त्यस्तै तामाङ् समाजका सदस्य दल बहादुर तामांग ज्युले पनि बुद्धको जन्म स्थान र बुद्धको महत्वको बारेमा बोल्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली राजदुतावासका उप नियोगका तथा हालका कार्यवाहक राजदुत समेत रहनुभएका श्री रमेशप्रसाद खनाल ज्युले यस कार्यक्रम अघिल्ला बर्षहरूमा भन्दा धेरै नै राम्रो भएको र यस्ता कार्यक्रमले बुद्ध र बुद्धसम्बन्धी ज्ञानको प्रचार प्रसारमा सहयोग पुर्याउने जानकारी दिनुभयो । त्यस्तै आउँदा दिनहरूमा यस्ता कार्यक्रमहरूमा नेपाली दुतावास इजरायलको तर्फबाट सक्दो सहयोगसमेत दिइने जानकारी दिदै आगामी दिनहरूमा यस्ता कार्यक्रम अझै राम्रो होस् भन्नुभयो
उक्त कार्यक्रम लुम्बिनी-कपिलबस्तु दिवस अभियान रास्ट्रिय समिती इजरायल, नेवा ख;ल इजरायल, सेर्पा किंदुक इजरायल, नेपाल सेर्पा संघ इजरायल, र नेपाल तामाङ समाज इजरायलको आयोजनामा सम्पन्न भएको थियो भने सो कार्यक्रम तामांङ समाज इजरायलका महासचिब सुन्दर सिंह लामाको उद्घोषणमा सञ्चालन भएको थियो ।
 
कार्यक्रमको अन्तमा सम्पूर्ण भक्तजनहरूका लागि प्रसाद वितरण गरिएको थियो ।
More

Features Photograph

पोखराको पाताले छाँगो (Devi's Fall) जाने गेट (इन्सर्टमा पाताले छाँगो) फोटो: शैलेश पोखरेल

जय हनुमान । बिराटनगर बजार स्थित हनुमान मन्दिर । फोटो: शैलेश पोखरेल

नेपाल बन्द ।

दर्बईमा साकेला उभौली पर्वमा रमाइलो गर्दै नेपालीहरु । फोटो: लालबहादुर ढेंगा

अमेरिकाको म्यारील्याण्डमा (FNCCI) नेपाल उद्योग बाणिज्य महासंघ -साक्षात्कार कार्यक्रम । Photo Source: Nepalhorizon.com

Literature

COMING SOON !

अनुरोध ।